वरिष्ठ गीतकार भैरवनाथ रिमालको निधन

इनेप्लिज २०७७ पुष २५ गते १९:५७ मा प्रकाशित

काठमाडौं । वरिष्ठ गीतकार भैरवनाथ रिमालको निधन भएको छ । ८६ वर्षको उमेरमा शनिबार दिउँसो निधन भएको हो । लामो समयदेखि अस्वस्थ रिमाललाई स्मरण शक्ति ह्रास हुने अलजाइमर्सको समस्या देखिएको थियो ।

दशैँ अगाडि सामान्य कुराकानी गर्ने उनी दशैँ पछाडि धेरै बिरामी भएका थिए । पछिल्लो समय उनलाई चावहिलस्थित चिरायु अस्पतालमा राखेर उपचार गरिएको थियो । उनका गीतमध्ये नारायण गोपालले स्वर दिएको ‘जुन फूल मैले चाहेको थिएँ’, अरुणा लामाले स्वर दिएको ‘उदास मेरो प्रेम कथा’लगायत उनका थुप्रै गीत लोकप्रिय छन ।

रिमालका डेढ दर्जन साहित्यिक कृति प्रकाशित छन् । विक्रम सम्बत १९९२ माघ तीन मा काठमाडौंको ठमेलमा जन्मिएका रिमालले पाँच सयभन्दा धेरै गीतको रचना गरेका छन ।

प्रतिक्रिया