युवराज घिमिरेसँग ऋषि धमलाको विशेष अन्तर्वार्ता (भिडिओसहित)

इनेप्लिज २०७७ पुष २५ गते ०:२२ मा प्रकाशित

काठमाडौं, १७ पुस।वरिष्ठ पत्रकार तथा नेपाल-भारत मामिलाका जानकार युवराज घिमिरेले मुलुकको राजनीति अब अराजकतातर्फ अघि बढेको टिप्पणी गरेका छन् । उनले अराजकतालाई आँफैमा कुनै गन्तव्य भन्न नमिल्ने उल्लेख गर्दै अहिले यसले कुनै समाधान वा निकास दिने सम्भावना पनि नदेखिएको सुनाए।

आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले संसद भंग भएकोले अहिलेको संविधान सस्पेन्डेड भएको अवस्था पनि सुनाए।मुलुक अब अप्ठ्यारो पस्थितिमा पर्नसक्ने सम्भावना आफूले देखेको घिमिरेको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेशमा जान्छु भन्नु गलत भएको पनि उनको टिप्पणी छ । उनले प्रधानमन्त्री ओलीले यस्तो कदम चाल्नुको कारण जे जे सुनाएपनि संविधानले संसद विघटन गर्ने छुट नदिएको सुनाए ।

-रिपोर्टर्स नेपाल बाट

प्रतिक्रिया