विश्वविद्यालयलाई आन्दोलनको थलो बनाउनु हुदैन–मन्त्री कार्की

इनेप्लिज २०७७ पुष १९ गते १४:५० मा प्रकाशित

विराटनगर,१९ पुस।प्रदेश नं १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले विश्वविद्यालयलाई आन्दोलनको थलो बनाउन नहुने बताउनु भएको छ।

पूर्वाञ्चल विश्वविद्यालयको २७ औंं बार्षिकोत्सव समारोहको आज मोरङको गोठगाउँमा उद्घाटन गर्दै उहाँले कुनै पनि समस्याको समाधान वार्ता र आपसी सम्वादको मार्फत गर्नुपर्नेमा जोड दिनु भयो।

मन्त्री कार्कीले तालाबन्दीले विद्यालयमा बलियो नहुने बताउदै यसले प्रााज्ञिक क्षेत्रको साख घटाउने विचार व्यक्त गर्नु भयो।

मन्त्री कार्कीले प्रदेश सरकार विश्वविद्यालयको चौतर्फी विकासका लागि आर्थिक सहयोग उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्दै सवैको साथ र सहयोगबाट विश्वविद्यालयलाई उत्कृष्ट बनाउनु पर्नेमा जोड दिनु भयो।

सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले गोठगाउँचोकदेखि विद्यालयसम्मको सडक यो बर्ष कालोपत्रे गर्ने जानकारी दिनु भयो।

विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाले विश्वविद्यालयलाई राजनीतिक भन्दा प्राज्ञिक थलोका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

समारोहमा विश्वविद्यालयका कर्मचारीहरु,प्राध्यापकहरुलाई सम्मान गरिएको थियो।

सुन्दरहरैंचा नगरपालिकाको गोठगाउँस्थित आफ्नै पूर्वाधारयुक्त परिसरमा पहिलो पटक विश्वविद्यालयले वार्षिकोत्सव कार्यक्रमको आयोजना गरेको हो।

प्रतिक्रिया