काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभा कुनै पनि हालतमा नबिउँतिने दाबी गरेका छन् । साथै सरकारले मध्यावधी निर्वाचन कुनै पनि हालतमा गराएर छोड्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आफू निकट समूह निकट विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत रहेका उनले कुनै हालतमा संसद पुनर्स्थापना नहुने दाबी गरेका हुन् ।
वैशाख १७ र २७ गते मध्यावधी निर्वाचन हुने दाबी गर्दै प्रधानमन्त्री ओलीले भने, संविधान र कानूनले मिल्दैन । विघटित संसद बौरिँदैन । संसद विघटन भयो भयो, नयाँ चुनाव हुन्छहुन्छ ।’
ओलीले आगामी बैशाख १७ र २७ गते चुनाव भएरै छोडने ठोकुवा गरेका छन् । ओलीले २०७८ सालको बैशाखमा चुनाव हुने भन्दै कतिपयले चुनाव हुँदै हुँदैन भनेर भ्रम छरिरहेको बताए ।
उनले बैशाख १७ र २७ गते चुनाव हुने र त्यसलाई कुनै शक्तिले पछि धकेल्न नसक्ने दावी गरे ।
प्रधानमन्त्री ओलीले संसद पुनर्स्थापनाको माग गर्दै परेको मुद्दामा सर्वोच्च अदालतमा फिराद पत्र दर्ता गराएर आएको भन्दै उनले भने, ‘परशुरामका बाबुको पालामा जस्तो मरेका आमा बौराइपाऊँ भन्दा हुन्छ र भन्दै प्रश्न समेत गरेका छन्।
प्रतिक्रिया