हङकङ निबासी कृष्ण प्रसाद पाण्डेलाई ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधि प्राप्त 

इनेप्लिज २०७७ पुष १८ गते १९:१० मा प्रकाशित

जनवरी १, २०२१ । अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका अवसरमा नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानका तर्फबाट हङकङ निबासी कृष्ण प्रसाद पाण्डेलाई “नेपाली संस्कृति तथा सद्भावना राजदूत” को मानार्थ उपाधिले सम्मानित गरेको छ। नेपालको अर्घाखाँची जिल्लामा जन्मनु भएका कृष्ण प्रसाद पाण्डे करिब २२ बर्ष देखि हङकङमा बसोबास गर्दै आउनु भएको छ।

नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानको तर्फबाट प्रतिष्ठानका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली टोपी प्रतिष्ठानका सल्लाहकार एवम् रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलले हार्दिक बधाई तथा शुभकामना दिँदै कृष्ण पाण्डेलाई नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानको सदस्यता प्रदान गर्नु भएको छ।

नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानले विभिन्न माध्यमबाट नेपाली संस्कृति तथा परम्परागत विश्वासहरुलाई विश्व सामु प्रस्तुत गर्दै आआफ्नो क्षेत्रबाट विशेष योगदान दिँदै आएका विदेशमा बसोबास गर्ने निम्न लिखित नेपालीहरुलाई ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मान गरिसकेको छ ।

उहाँहरु हुनुहुन्छ -दिनेश बाला श्रेष्ठ (ईटली), दीपक न्यौपाने (बेल्जियम), निर्मल अर्याल (फ्रान्स), बसन्त रानाभाट (स्पेन), बिजय थापा (अमेरिका), पुरू जोशी (दक्षिण कोरिया), जीवन प्रसाई (स्पेन), डा. एलिनी पोखरेल सुबेदी (पोल्याण्ड), योगिता थापा (बेल्जियम), लक्ष्मी लामा गुरुङ (दक्षिण कोरिया), मदन दवाडी (बेल्जियम), डा. मनमूर्ति भुर्तेल (रसिया), राजन काफ्ले (आयरल्याण्ड), मिलन घिमिरे (थाईलैण्ड), विष्णुमाया विभू (नर्वे) र सागर घिमिरे (म्यानमार) हुनुहुन्छ।

प्रतिक्रिया