संसद विघटनले मुलुकको सम्वृद्धिमा अवरोध सिर्जना भएको– प्रदेश इन्चार्ज आचार्य

इनेप्लिज २०७७ पुष १४ गते २२:२२ मा प्रकाशित


विराटनगर,१४ पुस।नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)मोरङ र विराटनगर महानगर कमिटीद्वारा संसद विघटनको विरोधमा आज यहाँ र्याली एवं कोण सभाको आयोजना गरिएको छ।

विरेन्द्र सभागृहबाट निस्केको जुलूसले नगरपरिक्रमा पश्चात जनआन्दोलन चोकमा पुगी कोण सभामा परिणत भएको थियो।

नेकपाका प्रदेश नं १ का इन्चार्ज एवं स्थायी कमिटी सदस्य भीम आचार्यले संसद विघटनले लोकतन्त्र कमजोर भई मुलुकको समृद्धि कायममा अवरोध सिर्जना भएको बताउनु भयो।

उहाँले लोकतन्त्र र गणतन्त्रको स्थायीत्वका लागि संसद पुनस्र्थापना हुनुपर्नेमा जोड दिदै विधि, विधान,कानून अनुसार सञ्चालन भएको पार्टीको निर्णय सवैले मान्नु पर्छ भन्नु भयो।

नेकपाका केन्द्रीय सदस्य एवं निर्वतमान प्रदेश मन्त्री जीवन घिमिरेले संविधानमा संसद विघटनको अधिकार कसैलाई नभएको चर्चा गर्दै विघटनबाट जनता चिन्तीत भएको धारणा राख्नु भयो।

केन्द्रीय सदस्यहरु धनेन्द्र वस्नेत,शिवकमार मण्डल,महेश रेग्मी,गोपी अछामी,पूर्व सांसद अमनलाल मोदी,भोगेन्द्र यादव,गणेश उप्रेती लगायतले संसद विघटन स्विकार्य नभएकोले सडकमा आउनु परेको बताउदै संसद पुनस्र्थापनाका लागि ग्रामीण क्षेत्रमा आगामी दिनमा आन्दोलन गर्ने बताउनु भएको छ।

प्रतिक्रिया