प्रचण्डको आरोप ओली श्री ३ महाराज बन्न खोज्नु भो , नेपालको आरोप ओलीले पुर्ब राजा ज्ञानेन्द्रको शैली अपनाउनु भयो

टंक पन्त २०७७ पुष १४ गते ११:३२ मा प्रकाशित

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा ( प्रचण्ड नेपाल ) पक्षले संसद बिघटन बिरुद्ध देशभर बृहत प्रदर्शन गरेको छ ।कठमाडौमा बिहान ११ बजेबाट बिभिन्न स्थानबाट निस्किएको बिरोध जुलुस २ बजे भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।

बिरोध सभामा बोल्ने नेताहरुले संसद बिघटन गरेर प्रधानमन्त्री केपी ओलीले प्रतिगमन गरेको भन्दै अदालतबाट संसद पुनस्र्थापना भएरै छोड्ने दाबी गरेका छन । अहिलेको सबिधानमा सरकार बन्ने स्थिति हुंदा हुदै संसद बिघटन गर्ने प्राबधान नभएको भन्दै नेताहरुले प्रधानमन्त्री ओलीले आफनो अहंकार र स्वार्थका लागि जनताद्धारा निर्बाचित निकायलांई बिघटन गरेको र सबिधानलाई बेवास्ता गरी राष्ट्रपति बिधा भण्डारी पनि ओली कै गोटी बनेको आरोप लगाएका छन ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भन्नुभएको छ — प्रधानमन्त्री ओलीले गणतन्त्रका बिषयमा बयलगाढा चढेर अमेरिका पुगिदैन भन्नुभएको थियो तर आन्दोलन बढदै जादा सच्चिए भन्नुभएको त बास्तबमा उहा सच्चिनुभएको रहेन्छ भन्ने प्रमाणित भएको छ ।

प्रचण्डले ओलीलाई आफुले बिश्वास गर्नुनै ठुलो भुल भएछ त्यसप्रति जनता समक्ष माफी माग्छु भन्दै केपी ओलीले इतिहासमा कलंकको टीका लगाएको बताउनुभएको छ ।देशभरि भएको बृहत प्रदर्शनले के प्रमाणित गरेको छ भने ओलीले सबिधानको बलात्कार गरेकोले त्यो कदापि स्वीकार्य छैन र निरंकुश कदम हो भन्ने कुरा स्थापित भएको अध्यक्ष अध्यक्ष प्रचण्डले स्पष्ट पार्नुभएको छ ।

उहाले सांसद हामी जीबितै छौ र हामी जहाको तही छौ यसर्थ केप ीओलीले सनकका भरमा गरेको निर्णय कुनै पनि हालतमा आम जनता मान्न तयार छैनन भन्नुभएको छ ।

अध्यक्ष प्रचण्डले ओलीले र्जगी शैली अपनाएको र श्री ३ महाराज बन्न खोजेको आरोप लगाउंदै अब ओली प्रधानमन्त्री रहने बैशाख सम्म हो त्यसपछि उनी राजनीतिमै पत्तासाफ हुने दाबी गर्नुभएको छ । उहाले ओली बैठक बस्न र पार्टीलाई ब्यबस्थित बनाउ भन्दा बैठक बस्नै सधै तसिैन खोजेको भान हुन्थ्यो किनकि सकेसम्म बैठकलाई टार्ने र आफुलाई मन लागेको गर्न पाए हुन्थ्यो सोचमा जहिले पनि हुने गरेको आफुले बितेका समयमा पाएको उल्लेख गर्नुभएको छ ।

उहाले केपी ओली र बिधा भण्डारी मिलेर लोकतन्त्रको हत्या गर्न मिल्छ भनी प्रश्न समेत गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष माधबकुमार नेपालले प्रधानमन्त्री केपीलाई अझै पनि सच्चिने ठाउ भएकेोले त्यो मौकाको उपयोग गर्न आग्रह गर्र्दे ओलीले देश र जनतामाथि बज्रपात हने गरी सनकका भरमा लोकतन्त्र र संसदको हत्या गरेको आरोप लगाउनुभएको छ । उहाले संसद पुनस्र्थापना भएरै छोडने छ यसर्थ नेता कार्यकर्ता र आम नागरिकलाई चिन्तामा नरुमल्लिन आग्रह समेत गर्नुभएको छ ।

अध्यक्ष नेपालले प्रधानमन्त्री ओली पुर्ब राजा ज्ञानेन्द्र शाह बन्न खोजेको आरोप लगाउदै अझै पनि सुध्रिएर आएमा मौका दिने बताउनु भएको छ ।

पार्टीका बरिष्ठ नेता झलनाथ खनालले केपी ओलीको पानी जहाज कहा गयो , घरघरमा ग्यासको पाइप कहा गयो भनी प्रश्न गर्र्दे ओलीले केबल गुट र आफनो स्वार्थमा बोहक समय खर्चिनुभएन कि कम्युनिष्टकै धज्जी उडाउने काम गर्नभएको गभीर आरोप लगाउनुभएको छ ।

बिरोध सभामा नेकपा नेतृ अष्टलध्मी शाक्यले प्रधानमन्त्री ओलीले संघीयता र लोकतन्त्रमाथि नै धावा बोलेको आरोप लगाउनुभएको छ ।बिरोधसभा पार्टीका प्रबक्ता नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भएको थियो भने युवा नेता योगेश भट्राईले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया