निवर्तमान मन्त्री घिमिरे विदाई

इनेप्लिज २०७७ पुष १२ गते १९:५५ मा प्रकाशित

विराटनर,१२ पुस(रासस)ः प्रदेश नं १ का निवर्तमान सामाजिक विकास मन्त्री जीवन घिमिरेले मन्त्रालयको संरचना नयाँ भएको अवस्थामा शुरु गरिएको काममा सवैको सहयोग प्राप्त भएको बताउनु भएको छ।

मन्त्रालयबाट आज यहाँ आयोजित विदाई कार्यक्रममा उहाँले आगामी नेतृत्वले नागरिकको हितका लागि गरिने कार्यमा सदैव सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नु भयो।

निर्वतमान राज्यमन्त्री जसमाया गजमेरले संसद विघटन स्विकार्य गर्न नसकेकोले पदमा वस्न नैतिकता गुमाएकोले राजीनामा दिएको बताउनु भयो।

मन्त्रालयका सचिव गोविन्दवहादुर कार्कीले निवर्तमान मन्त्री घिमिरेले आफूभन्दा ज्यादा जनताको काम गर्नु भएकोमा प्रशंसा व्यक्त गर्दै कामको आधारमा सामाजिक मन्त्रालयलाई विश्वास एवं चिनेको धारणा राख्नु भयो।

आज राजीनामा दिनु भएको मन्त्री घिमिरे र राज्यमन्त्री गजमेरलाई मन्त्रालयसंग आवद्ध कर्मचारी फूलमाला, उपहार प्रदान गरि विदाई गरिएको थियो।

प्रतिक्रिया