प्रदेश १ मा १०० सङ्क्रमित निको भए,६३ थप

इनेप्लिज २०७७ पुष ७ गते १२:३० मा प्रकाशित

विराटनगर,७ पुस। प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा १०० जना कोरोना सङ्क्रमित निको भएका छन्।

निकोहुनेहरुमा होम आईसोलेसन र विभिन्न कोभिड अस्पतालबाट रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। हालसम्म निको हुनेको सङ्ख्या २५ हजार ४९५ पुगेको छ।

प्रदेश सोही अवधिमा गरिएका ५४४ जनाको पिसिआर परीक्षणमा ३४ महिला र २९ पुरुष गरी ६३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

थप सङ्क्रमितहरुमा मोरङमा ३३ मध्ये विराटनगरमा २३ , सुनसरीमा १८, झापामा तीन, उदयपुर र ते¥हथुममा दुई ÷दुई र प्रदेश बाहिरका पाँच जना रहेका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २९ हजार ४८९ पुगेको मन्त्रालयले जनाएको छ।

यस प्रदेशमा हालसम्म दुई लाख पाँच हजार ५५० जनाको पिसिआर परीक्षण कार्य सम्पन्न गरिएको छ।

 

 

 

प्रतिक्रिया