काठमाडौं । गायिका पुजन काफ्लेको स्वरमा नयाँ गीत मेरो सासको आवाज हौं तिमी सार्वजनिक भएको छ ।
आईतवार सामाजिक सञ्जालबाट मेरो सासको आवाज सार्वजनिक गरिएको हो।गीतले प्रेम भावलाई व्यक्त गरिएको छ । पुजनले प्रेम गीतमा आफ्नो स्वरको माधुर्यता पोखेकी छन् ।
आफुले मन पराएको मान्छेसँगको सामिप्यता र प्रेमलाई गीतको भिडियोमा प्रस्तुत गरिएको छ।एस पि सागरले रचेको शब्दलाई ईन्द्र आरपिले संगीतवद्ध गरेका हुन् ।
बुद्ध स्याङ्बाले उक्त गीतलाई एरेञ्ज गरेका छन्।गीतमा अञ्जान काफ्ले र अनु पराजुलीको अभिनय रहेको छ।सेर बहादुर बिसीले निर्देशन गरेको भिडियोमा शिवन पोखरेलको कोरियोग्राफि रहेको छ।
अजय रेग्मीले खिचेको गीतलाई सुधन बस्नेतले सम्पादन गरेका छन् । सार्वजनिक गीतलाई राम्रो प्रतिक्रिया मिलिरहेको छ ।
भिडियो लिंक
https://www.youtube.com/watch?v=tQQKpn4D-h4&feature=emb_logo
प्रतिक्रिया