मेरो प्यारो श्रीमान् निकै नै प्रिय जीवनसाथी भएकोमा र मसँग आफ्नो मुटु साटेकोमा धन्यवाद (भिडियो सहित )

इनेप्लिज २०७७ पुष ४ गते २:०७ मा प्रकाशित

वि.सं २०४९ साल पौष २ गते जन्मिएका आयुष्मान देशराज जोशीलाई श्रीमती प्रियंका कार्कीले दिएको जन्म दिनको शुभकामना भने विशेष रह्यो ।गतबर्ष आयुष्मानसँग विवाह गरेकी प्रियंकाले शुभकामना दिदै लेखेकी छिन्–‘तिम्रो प्रेमिकाबाट श्रीमतीको रुपमा भएको मेरो परिवर्तन जिन्दगीको सबैभन्दा सुन्दर यात्रा हो । मेरो प्यारो श्रीमान् निकै नै प्रिय जीवनसाथी भएकोमा तिमीलाई धन्यवाद।मसँग आफ्नो मुटु साटेकोमा धन्यवाद।’

आयुष्मान र प्रियंका केही समय प्रेम सम्बन्धमा रहेर बैबाहिक जीवनमा बाँधिएका थिए।उनिहरु दुइ जनाले प्रेम दिवस चलचित्रमा सँगै काम गरेका थिए।नायिका प्रियंका कार्की सफल नायिका हुन भने नायक आयुष्मानले अभीनय गरेको चलचित्र ‘चपली हाईट २,चंगाचेट, कथा काठमाण्डु, प्रेम दिवस, सानो मन’ हुन,उनले यि चलचित्र बाट खासै तारिफ पाएनन।भिडियो सहित

प्रतिक्रिया