झन्डै २ घन्टाको उकालो र केही घन्टाको ओरालो हुँदै पुगेका थिएँ उनीहरु, त्यो मनोरम डाँडामा।
ठूलो झाँगिएको पिपलको रुख थियो त्यो । निक्कै थाकेकाले त्याँही कुनामा पल्टे उनी हरु । त्यो चौतारोको नाम डाँडे पिपल थियो । डाँडामा रहेको एक्लो पिपल मात्र भएर होला । त्यसको नामडाँडे पिपल रहन गएको ।
शायदै बटुवाहरु होलान् त्यो डाँडे पिपलको चिसो हावामा रोमाञ्चित नभएको । जो कोही त्योबाटो भएर यात्रा गर्दथे ।
उकालो चढ्दा अनुभूत गरेका सबै कष्टहरु डाँडे पिपलको हावाका झोकासंगै आनन्दित भै सकेका थिए । प्रेमको तिघ्रामा सिरानी गरी सोनु पल्टिएकी थिइ । जीवन र मीना अर्को कुनाको ढुंगामा आराम गरिरहेका थिए ।
“हेर त प्रेम ! , कस्तो एक्लो पिपल रहिछ है ? यो डाँडामा ? हामी पनि हेर्दै नहेरी बस्यौ है ?”
अबोध बालिकाले झैँ सोनुले कौतुहलता तेर्स्याई ।
किन र सोनु ? एक्लो पिपलको रुख मुनी बस्न हुन्न र ?
उत्साहित हुँदै प्रेमले प्रश्न गर्यो ।
हैन , मेरो बज्यै (हजुर आमा) भन्ने गर्नु हुन्थ्यो | भर्खर भर्खरको नयाँ मायाको जोडी त यस्तो एक्लोरुख मुनी बस्नु हुन्न रे । बर पिपल संगै भएकै चौतारोमा बस्नु पर्छ रे ।
एक्लो बर वा एक्लो पिपलमा बस्यो भने त , बसेको माया नि टुट्छ रे ! भन्नु हुन्थ्यो क्या ।
हैन होला | हामीले जानी जानी यसरी एक्लो पिपलको चौतारो खोजेको हो र ? बीच बाटामा थियो,बस्यौ | भो ! अनेक थरि कुरा नखेलाउ । प्रेमले प्रेमरुपी शब्द फ्याक्यो | तर मन भित्र कता कताचीसो पसायो । भविष्यमा हुन सक्ने सम्भावित दुर्घटना प्रति सचेत बन्ने अठोट गर्यो ।
फेरी आज हामी यति लामो बसाइ पछि छुट्टिने दिन हो नि त ।
आजैको दिन किन यस्तो पिपलमा बस्न पुगिएछ । सोनुले अन्जानमै सही गल्ती महशुस गरी ।
हो ,झन्डै तिन महिनाको प्रि. एस .एल .सी .को ट्युसन/ कोचिङ्ग सक्काएर उनीहरू आ -आफ्नोघर तिर फर्कदै थिए । सोनु र मिना एकै गाँउका एउटै स्कूलका थिए भने प्रेम र जीवन अर्को गाउको एकै स्कुलका ब्याजी साथी थिए ।
समय आफ्नै गतिमा दौडिरहेको थियो । १२ बजे डाँडामा पुगेका उनीहरु ३ बजेको पत्तै पाएनन् । सोनु र मिना घर पुक्न अझै ३ घन्टाको उकालो ओरालो बाटो हिड्नु पर्थो भने प्रेम र जीवन को डेराफर्कन अझै ३ घन्टा गएकै बाटो फर्कनु पर्थ्यो । ६ बज्दा नबज्दै झमक्क साँझ पर्ने कुरा दुवै पक्षलाई राम्ररीथाहा थियो ।
डेरा नजिकैको ठाडे खोलाको बगर सम्म पुर्याउन गएका प्रेम र जीवनले त्यति लामो बाटो काटेको यादै गरेनन् । उनीहरु घर जादैछन् भन्ने याद भए पनि अल्लारे बुद्दि भनौ उनीहरुका पाइलाहरु जता सोनु र मीना अघि बढे । उतै उक्लिए । उतै मोडिए | कोही छुट्टिन चाहदैनथ्यो । त्यो दिन सबैकाअनुहार न्याउरो थियो । अनिच्छित यात्राको बाटोले गति लिई रहदा सबैको मन झस्किरहेको थियो। घडीको चाल रोक्न सक्ने सामर्थ्य कसैमा थिएन /रहेन ।
दुवै जोडीले अन्तर हृदय वेदनाका बलिद्र धारा चुहाउदै निसंकोच अंकमाल गरे । गहिरो प्रे मप्रतीकको हर्ष र वियोगको बेदनाका आँशु तप्काए । सोनुले आफ्नो ब्यागबाट आफ्नो एक सुन्दर तस्बीर निकाल्दै प्रेमलाई उपहार दिइ । प्रेमले पनि आफ्नो वालेटबाट आफ्नो सानो बिम्ब सोनुको हातमा राख्यो । मीना र जीवनले आफ्ना फोटोहरु एक दिन अगाडी नै साटी सकेका थिए ।
आउने बैशाख पुर्णेको मेलामा भेट्ने बाचा गर्दै बिस्तारै दुवै पक्ष दुवै पक्षलाई हेर्दै बिपरित दिशातर्फ बढ्न थाले ।
पिपलका बोटमा बसेका अमुक पन्छी हरु उनीहरुका प्रेमलाभका साँक्षी थिए । संयोग हो वा मनोभाब बुझेर हो , केही पन्छीहरुले उनीहरु छुट्टिदा अनौठो आबाज निकाले । प्रतीकात्मकरुपमा आफ्ना पखेटा चलाए । पशु बाक्य बुझ्न नसकेका उनीहरुले शुभ आशिर्वादको बिदाइ सम्झे ।
पल भरको हिडाई पछि नै सोनु र मीना डाँडाको घाँचमा पुगे । क्षितिजमा देखिएको घुमिल छायाँमा प्रेम र जीवनले हात हल्लाए । सोनु र मीनाले प्रति उत्तरमा रातो र निलो सल हल्लाउँदै बिदाइ अर्पण गरे ।
भारी मन लिएर दुवै प्रेमीहरु आ -आफ्नै कर्तब्य र गन्तव्यको मोडमा पाइला बढाए ।
घर फर्केको एक हप्ता पछि दुवै जोडीहरु आ- आफनै परीक्षा केन्द्र तिर परीक्षा दिन गए । छुट्टा छुट्टै लोकेशनमा परीक्षा केन्द्र भएकाले उनीहरु एक अर्कासँग भेट हुने अबस्था रहेन ।
समय बित्दै गयो । देख भेट गर्न अहिलेको जस्तो सोसल मिडिया थिएन । ठुलो आशा र हिम्मत गरेर सोनुलाई नयाँ बर्षमा एक पोष्ट कार्ड पठायो प्रेमले । बर्षौ बर्ष बित्दा पनि जवाफ प्राप्त गर्न सकेन ।
हुलाकी दाईका आगमन संगै उत्साहित मन कहिल्यै कुनै खबर नआए पछि निरासित हुन थाल्यो ।
सोनु र मीना सँग कुनै खबर /पत्राचार नभए पछि बैशाख पुर्णेमा भेट्ने प्रतिबद्दता पनि प्रेम र जीवनले पुरा गर्न सकेनन् ।
समय आफ्नै गतिमा बहि रह्यो । असारमा एस .एल. सी. नतिजा आयो । प्रेम र जीवन दुवै उतिर्ण भए । सम्पर्क बिहिन हुनाले सोनु र मीनाको नतिजा थाह हुन सकेन ।
समय क्रम सँगै दशैँ /तिहार आयो /गयो । त्यो समयमा गाउँ स्थरमा नै उच्च मावि हरु खुलेका थिएनन् । परिस्थितिले डोर्याएको यात्रा उच्च शिक्षाका लागि प्रेम र जीवन लागे राजधानी तिर । शहरको रङ रमाईलो ,हल्ली खल्लीले केही समय दुवै साथी भुले । नयाँ साथी ,नयाँ कलेज ,नयाँठाउँ सबै कुराले प्रेम र जीवन नयाँ वातावरणमा घुल्दै रमाउदै गए ।
उता सोनु र मीनाको जीवनको पल्ला पनि आफ्नै गतिमा बहिरहेको थियो ।लगातार २ पटक एस.एलसी अनुतिर्ण भए पछि पारिवारिक सल्लाहमा आफ्नै जात गच्छ अनुसारको ठाउँमा मागीविबहा गरी घर गृहस्थी जीवन शुरु गरी सकेका थिए सोनु र मीनाले।
जब जब प्रेम र जीवन भेट हुन्थ्यो । तब अल्लारे जीवनमा जोडिएका सँगीहरुको याद चर्चा स्मरण गरी रोमाञ्चित हुने गर्दथे ।
“भन्ज्यांगको सोनुले धेरै सम्झेको थियो | तिमीहरु दुबैलाई | भेट्न मन लाको ‘ छ रे ।”
जाडो बिदामा घर जाँदा सोनुको गाउमा बिहे भएको प्रेमको एक छिमेकीले खबर सुनाइन् |
लज्जा बोध गरे दुबैले | किकर्तब्य मुढ झैँ टोलाई रहे । भेट कसरी गर्ने ? कहाँ गर्ने ? कहिले गर्ने ? आदि इत्यादि अन्तर्मन सँगको लडाईमा नै महिना बित्यो ।
अर्को महिना देखी अनेपेक्षित रुपमा देशमा राज्य क्रान्त्रि शुरु भयो । देश सशस्त्र द्वन्दको दलदलमा फस्यो । वल्लो गाउँबाट पल्लो गाउँमा जान बन्देज भयो । यात्रारत यात्रीहरु दिनको ४ नबज्दै बासस्थानको इन्तजाम गर्नु पर्ने अवस्था आयो ।
चाहेर पनि अपरिचित गाउँमा कसैको छोरी /बुहारीलाई सोध खोज गर्दै भेट्ने /खोज्ने अबस्था रहेन। समय रुपी बादल उनीहरुको यात्राको पर्खाल बन्यो ।
दिन /महिना /बर्ष बिते उनी हरुका बीच कुनै सम्पर्क हुन् सकेन ।
समयले आफ्नै रफ्तार नापी रहेको थियो । दिनहरू बित्दै जाँदा समयले दुवै मित्रलाई पनि बैबाहिक जीवनको साङ्लो भिराइ सकेको थियो । तैपनि जब जब उनि हरु सम्पर्कमा हुन्थे अनि अतितका स्मरणमा लिन हुन्थे । ति सुन्दर परीहरू सोनु र मीनाको याद गरि रहन्थे । हरेक सम्बाद बिट मार्नु अघि दुवै जोडीहरु जीवन यात्राको एउटा बिन्दुमा एक पल नै सहि सोनु र मिनालाई भेट गर्ने बिश्वास राख्दथे ।
भाग्य र समयको खेल सँगै छुट्टिएको जोडी आ आफ्नै यात्राका गतिमा दौडिरहेका थिए । सबैकोआ-आफ्नै पारिवारिक जिम्मेबारीका कारण बिचका १०/१५ बर्ष चाहेर पनि सोध्न / बोल्न सकेनन् |
यस बिचमा प्रेम पिआर प्राप्त गरी क्यानाडा उडेको थियो भने जीवन अस्ट्रेलिया । नयाँ देशको रहनसहन ,पारिबारिक जिम्मेबारी आफ्नो नयाँ क्यारियरले दुवै संघर्ष पूर्ण नै जीवन जिहिरहेका थिए ।
यस्तैमा कोरोना कहर बिश्व संजालमा देखा पर्यो । धेरै समय घर भित्रै बित्न थाल्यो । पुराना लुगाफाटा ,कागजात घुत्ल्याउने समय मिल्यो ।
एक दिन प्रेमले आफ्नो पुरानो सुटकेश सफा गर्दै जाँदा पुरानो एल्बमको पत्रमा रहको सोनुकोफोटोमा टक्क अडियो । बर्षौ अघि लाएको माया /खाएको कसम याद गर्यो । ति सप्तरंगीदिनहरुको हिसाब गर्यो । समयले लाखौ मिल दुरी बनाएकोमा मन अमिलो बनायो । साच्चै हगी ! उनीहरु कस्ता भए होलान् ? हामीलाई चिन्छन् कि चिन्दैनन् होलान् ? कति केटाकेटी भए होलान् ? अबको दिनमा हुने भेटमा कस्तो सम्बोधन उपयुक्त होला ? आदि इत्यादि सम्झदै मनमा एउटा अनौठो तर्कना खेलायो ।
जीवन र प्रेम दुवैले देश छोडेको एक दशक बढी भइ सकेको थियो । पछिल्लो दुइ बर्ष देखी हप्तामा कम्तिमा एक पटक उनीहरु आफ्नो बाल्यकाल स्मरण गर्ने गरी लगातार सम्पर्कमा थिए । यो पटकको अन्तिम सम्बादमा अब नेपाल जाँदा ति साथीहरुको जसरी भए पनि जानकारी लिदैभेट गर्ने बाचा गरेका थिए । दुबै साथीले हिजो आज सोसल मिडियामा उनीहरु बारे सोध्ने /बुज्नेगर्न थालेका थिए ।
नभन्दै भाग्यको नियति एक दिन प्रेमले सोनु पढेको स्कुलमा पढ्ने र थर पनि एउटै भएको एकअपरिचित मान्छे फेसबुकको यु नो बक्समा भेट्टायो ।
“के खोज्छस कानो आँखा” भनेझै प्रेम सोनुको बारेमा जान्न उत्सुक भयो । उक्त अपरिचित युवती प्रेमको कुनै म्युचुअल फेसबुक साथीको साथी थिई ।
धेरै बर्ष पछि स्मृतिमा पुन:दोहोरिएको एउटा अमुर्त प्रेम र त्यसको संभावित मिलनका बारेमा खुशीका पुञ्जहरु केलाउदै अपरिचित युवतीलाई मेसेंजरमा सम्पर्कका दुई शब्द अपिल गर्यो ।
अपरिचित मित्र,
नमस्कार!
तपाईको बिम्ब र खुलेको परिचयले मेरो हराएको परिचय भेट्ने पूर्ण बिस्वास लिएको छु । ३० औ बर्ष अघि कोरिएका सपनाका एक यात्री तपाइको सम्पर्कमा हुन सक्ने सम्भाबना देखे । किन कि तपाईहरु दुवै एकै गाउँ र एकै बिधालय पढ्नु भएको रहेछ ।
के तपाइँ सोनु गुरुङ्गलाई चिन्नु हुन्छ ? कृपया चिन्नु हुन्छ भने मलाई सम्पर्क गराई दिनु हुनु बिनम्र अनुरोध गर्दछु । म उहाँको पुराना साथी हो । यो असजिलो कोरोना कहरमा उहाँको बारेमा जान्न/ बुज्न मन लागेकोले तपाइँसँग सहयोगको याचना गर्दैछु । मेरो अन्तर मनले भनि रहेको छ । तपाइँ पक्कै सोनुको बिषयमा जानकार हुनुहुन्छ र सोनुको बारेमा बताई सहयोग गरिदिनु हुनेछ भन्ने पूर्ण बिस्वाश र आशा छ । यदि जानकार हुनु हुन्न भने तपाइँलाई डिस्टर्ब गरेकोमा माफी चाहन्छु । सरी !
उही अपरिचित मित्र
प्रेम सिग्देल
टोरन्टो , क्यानाडा
भोलि पल्ट मेसेन्जर वाल रंगिएको थियो ।
हजुर ! मैले तपाइँलाई चिन्न सकिन | तर तपाइले सही गेस गर्नु भयो । म सोनु गुरुङ्गलाई राम्ररी चिन्छु । तर ……. …..।
बैठक कोठाको सोफामा बस्दै मेसेज पढ्यो प्रेमले । बर्षौ अघि समुन्द्रमा खसेको मोति फेरि आफ्नो हातमा परेको आभास गर्यो ।
हारी सकेको युद्द फेरि जितेको भान भयो । समाचार हेर्न बसेको मन समाचारमा ध्यान गएन ।
उनको मेसेजमा अन्त्य मा “तर” भन्ने शब्द थियो । त्यसको अर्थको गहिराइमा उसको ध्यान गएन।
प्रेम उमंगित हुँदै प्रति उत्तर लेख्यो ।
“धन्यबाद हजुर ।”
अनि अरु खबर के छ नि ? सोनुको ? उत्सुकता पुर्वक प्रश्न तेर्स्यायो ।
हजुर ! सोनु दिदी त हुनुहुन्न नि ! उसले जबाफ लेखी ।
हैन ,तपाइँ संगै छ भनेको हैन नि ? कता छिन् ? के गरिरहेकी छिन् भनेको नि ! प्रेमले प्रष्ट्यायो ।
“सरि टु से ,सी इज नो मोर”
उसले ननिको मान्दै वाल रंग्यायी ।
व्हाट ?
आर यु सिरियस ? प्रेमले आत्तिदै लेख्यो ।
हो हजुर ! सोनु दिदी त स्वर्ग बास भएको नि ८/९ बर्ष भयो । २ बटा छोराहरु छन् । श्रीमानले अर्कोबिहे गरि सके ।
प्रति उत्तर केहि दिन सकेन उसले । एकहोरो टोलाई रह्यो ।
एकाएक आधीले बेरे जस्तो अनुभब गर्यो । शरीरमा अनौठो कम्पन महशुस गर्यो । बसी रहेको सोफा एकाएक घुमाउन थाल्यो । आखाँ एकाएक रसाए । मुख सुख्खा भयो । बिस्वास लागेन उसलाई । एक पल्ट तला उक्लियो । सुट्केश उघारी पुरानो एल्बममा रहेको सोनुको बिम्बको प्रतिलिपि मोबाइलमा कैद गर्यो ।
अनि आँशु झार्दै बचे खुचेको बिश्वास माथि आश गर्दै बिम्ब पोस्ट गर्दै , प्रश्न गर्यो । के यो त्यही सोनु हो ? जो हामी दुवै कुरा गरि रहेका छौ ?
तुरुन्तै उताबाट बालहरु कोरिए । हो ,हजुर ! दैबको लिला उहाँ नै हो । सोनु गुरुङ । मेरो आफ्नै फुपू। बिचरा कलिलै उमेरमा भगवानको प्यारी हुनु भयो ।
फोटो पहिचान सहित आएको शब्दले ऊ निष्प्राण भयो । ऊ सँग सोध खोजका अब कुनै प्रश्नहरु बाँकी रहेनन् । आकाश खसेर थिचेको जस्तो भान भो । बर्षौ पछि स्मरणमा आएको खुशी पलभर मानै निमेष भयो ।
को संग पोख्ने यो बेदना ? अत्तालियो प्रेम । अन्तत: जति लुकाउन खोजे पनि उसले आँशु लुकाउनसकेन । साउनको भेल जसरी आखाँमा आँशुको भेल बग्न थाल्यो ।
न्याउरो अनुहार पार्दै घोसे मुन्टो पारेर अन्तिम बाक्य मेसेन्जर बालमा कोर्यो । ।
“रेस्ट इन पिस ! डियर सोनु !
हार्ट टू बिलिभ मि ! यु आर नो मोर इन अर्थ !”
प्लिज ! ट्राई टु अन्डर स्ट्याण्ड मी !
आइ गाट अपसेट टुडे
सी यु नेक्स्ट टाइम ।”
मेसेन्जर डिस्कनेक्ट गर्यो ।
भारी मन लिएर जीवनलाई टेक्स्ट गर्यो । ब्याड न्यूज जोडा ,कल मि सुन !
“ल चिया पिउनुहोस् । अनि किन बिहान बिहान झोक्राएका छौ वुढा ? आज छोरी जाने दिन,यसो लुगा ,ब्याग मिलाई दिएको भएनी हुनी नि ?” शान्ताले फेमिलियर बोली सहित प्रश्न गरी । शान्ता प्रेमको जीवन संगिनी थिई ।
“पर्दैन ,पर्दैन मामु , मैले हिजै राती नै सबै मिलाएर प्याक गरी सके | ”छोरी प्रभा हास्दै भर्याङ्गबाट तल झरी ।
हैन ,चिया किन नखाएको सेलाई सक्यो र ? शान्ताले पुन प्रश्न राखी ।
हतास मन लिएर प्रेमले निधार बाट हात हटायो । शान्ता र प्रभाले उसका तप्किन नसकेका आशुँहरु निहाले । बाताबरण एकाएक निशब्द मौनता छायो ।
केही समय पछि अप्ठ्यारो मान्दै शान्ता भन्दै थिइन् । “यी बाबु छोरीको माया नि ! अचम्मको छबा । पढ्न जान लागेको छोरी बिदा गर्न नि कति गाह्रो भा’को होला ? यस्तो पाराले छोरी कसरी अन्माउलान् यिनले ?”
“यत्रो लामो झन्डै एक बर्ष त कोरोनाले गर्दा सँगै बसी हाले नि बाबा । अब मेरो क्यारिएर नि हेर्नुपरेन ? त्यसो त अब मेरो यो लास्ट एयर त हो नि बाबा ! फेरि म स्प्रिङ्ग ब्रेकमा आइ हाल्छु नि ! बाबाको कपाल सुम्सुमाउँदै प्रभाले सम्झाउने प्रयास गरी ।
अप्रासंगिक विषयान्तरले बल्ल प्रेमले सोनुको वियोगको पिडामा बगेका आँशुलाई सजिलै निकासदियो । पल भरमा नै आँशु बगेर गाला भरि भयो । बिस्तारै लामो स्वास फेर्यो । शान्तासँग नजरजुदाउँने आँट गरेन । जुरुक्क उठ्यो । पासमै उभिएकी छोरी प्रभाका निधारमा हात राख्दै आसिर्बाद दियो । “छोरी धेरै पढ्नु , ज्ञानी बन्नु ।”
एकै छिनमा प्रभाको साथी राइड दिन आइ पुगी । प्रभा हास्दै मोटर चढी । आफ्नो लक्ष्य अनुरुपको बिषयको थप अध्ययनको लागि नयाँ भविष्य खोज्दै ,नयाँ गोरेटोका लागि पाइलाचाली ।
त्यतिन्जेल सम्म अन्तर पिडा दहनको विषयान्तरले प्रेमका आँखामा टप्केका आशुँ अनबरत बग्दैरित्ती सकेको थियो | त्यसको ठीक बिपरित छोरी टाडा जाँदाको मात्रिबात्सल्यले शान्ताका परेलीहरु भर्खर भर्खर चिसिन थालेको प्रष्ट देखिन्थ्यो ।
दीपक पन्त
मिल्वाकी,अमेरिका
प्रतिक्रिया