दीपा र सुवर्णले ल्याए कब्जा गर्यौ तिमीले…बजारमा

इनेप्लिज २०७७ पुष ३ गते १०:४८ मा प्रकाशित

काठमाडौं,
लोक, आधुनिक, पप गायनमा छुट्टै परिचय बनाएकी गायिका दिपा कोईरालाल आफ्नो स्वरमा नयाँ गीत कब्जा गर्यौ…बजारमा आएकी छन् । उनको यो गीतको भिडियोलाई भिडियो क्राफ्ट युट्युव च्यानलबाट रिलिज गरिएको छ।

यो गीतलाई सुवर्ण कुमारले लेखेका हुन्।गीतमा संगीत पनि सुवर्णले नै दिएका छन्।गीत निकै कर्णप्रिय बनेको छ । यसको भिडियो पनि आकर्षक बनेको छ।
प्रेम वियोगमा आधारित यो गीतमा त्रिकोणात्मक प्रेम प्रस्तुत गरिएको छ । भिडियोमा अभिनेता रमेश चन्द सोडारी र गायिका एवम् मोडल सरिता भारती मुख्य भूमिकामा छन्।उनीहरुको प्रेममा रमा आरएल ठकुरी र हेम श्रेष्ठ बाधक बनेका छन्।

यो भिडियोलाई मोहनिस श्रेष्ठले छायाँकन गरेका हुन्।जसमा सम्पादन सुवर्ण कुमारकै रहेको छ । काजल क्रियसनकी फेसन डिजाईनर काजल शर्माको ड्रेस डिजाईन रहेको यो भिडियोमा बन्दना मगरातीको मेकअप रहेको छ।भिडियोको पोष्ट प्रोडक्सन विलक्षण क्रियसनमा गरिएको हो । यो भिडियो डब्बु क्षत्रीको निर्देशनमा तयार भएको हो।

प्रतिक्रिया