गायक अर्जुन सापकोटा र गायिका मेलिना राईको स्वरमा रहेको लोकदोहोरी गीत ‘नगर पिर माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ।बिमल अधिकारीको रचना र अर्जुन सापकोटाकै सगीत रहेको गीतमा कृष्ण बिक ”भान्जा” को संगीत संयोजन रहेको छ ।चर्चित मोडेल अन्जली अधिकारी र बिमल अधिकारीको आकर्षक नृत्य रहेको गीतको भिडियोलाई भावना म्युजिक सोलुसनको युट्युब च्यानलबाट रिलिज गरिएको छ।
नवलपरासीका गायक अर्जुन सापकोटा सानै देखी गायनमा रुची राख्दथिए।उनले आफ्नो बुवाको रचनामा गीतहरु गाउने गर्थे।आफ्नो संगीत यात्राको छोटो समयमै गीत गायनको साथै शब्द रचना र गीतमा मिठो संगीत भर्न सिपालु गायक अर्जुन सापकोटाले यसअघि चर्चित गायिकाहरु देवी घर्ति ,पूर्णकला बीसी लगायत संग युगल गीत गाइसकेका छ्न भने उनको ”बनकी चरी”,दशैंगीत र ”नमस्ते ले छोएन’ रोइला गीतलाइ दर्शक माझ लोकप्रिय छन।
प्रतिक्रिया