सघन शहरी आयोजनाबारे छलफल

वीरेन्द्र रावल २०७७ पुष २ गते २२:४५ मा प्रकाशित

वीरेन्द्र रावल्,

धनगढी,पुस २ ÷धनगढी उप–महानगरपालिका निर्माण कार्य थालिएको क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गतका सडकहरुका बिषयमा बिहीबार सरोकारवालाहरु संग छलफल भएको छ।

आयोजना निर्माणमा सहजीकरण पु¥याउने गरि सरोकारवालाहरु संग छलफल गरिएको नगरप्रमुख नृपबहादुर वडले बताए।

छलफल कार्यक्रममा क्षेत्रीय शहरी विकास आयोजनाका प्रतिनिधीहरु,निर्माण कम्पनीका प्रतिनिधीहरु,खानेपानी उपभोक्ता समितिका रहेका थिए।पहिलो चरणमा ठेक्का पाएको कालिका कन्ट्रक्सनले ७ वटा सडक निर्माण गर्दैछ।

जस अन्तरगत चरणमा गुल्म –चर्च रोड (२ हजार ७ मिटर),धनगढी मेन रोड ,ट्राफिक चौराहा देखि –कैलालीनाला( १ हजार ३ सय ८० मिटर),हुलाकी सडक–क्याम्पस रोड– जाखोरताल ( ७ सय मिटर),क्याम्पस रोड–चटकपुर ( ३ हजार ६ सय ५० मिटर),धनगढी–खुटीया स्याउले रोड ( ८ सय ७० मिटर ),मालपोत रोड ( ४ सय ३० मिटर र हसनपुर रोड ( १ हजार १ सय ५० मिटर) रहेका छन्।

सन् २०१५मा छुट्टयाइएको एक अर्ब ३५ करोड रुपैयाँ बजेट अपुग हुने भएकाले सडक निर्माणको काम चरणवद्धरुपमा हुने नगरप्रमुख वडले बताए।

पहिलो चरणमा साढे १० किलोमिटर सडक निर्माणको काम सुरु भएको छ, नगरप्रमुख वडले भने, अव चाँडै दोश्रो चरणका सडक निर्माणका लागि टेन्डर हुदैछ।

पहिलो चरणमा ६८ करोड ५ लाख ९८ हजार ७ सय ४ रुपीयाँको ठेक्का कालिका कन्ट्रक्सनले पाएको छ।

 

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया