कुष्ठरोगीहरुलाई स्वरोजगारका लागि पूँजी प्रदान

मनोज दाहाल २०७७ मंसिर ३० गते २२:३८ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,३०मङ्सिर।कोरोना महामारीका कारण समस्यामा परेका कुुष्ठरोगीको जिविकोपार्जनका लागि एक संस्थाले पुँजीको व्यवस्था गर्ने भएको छ।

द ल्याप्रोसी मिसन नेपालको सहयोगमा आईडिया नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा मोरङ,सुनसरी र झापा जिल्लाका एक सय कुष्ठरोगीहरुलाई एक वर्षका लागि सहयोग परियोजना सञ्चालनमा ल्याएको बताइयो।

तीन जिल्लाका कुुष्ठरोग प्रभावित व्यक्तिलाई स्वरोजगार वनाउन रु २५ हजार विउ पुूँजी,कुुष्ठरोगी र उनीहरुको परिवारलाई खाद्यान्न सहयोग,शुल्क वुझाउन नसकि अध्ययन छुटेका बालवालिकाको शुल्क भुक्तान,शैक्षिक सामाग्री प्रदान गरी रु ३५ लाख ३० हजार रकम खर्च गर्ने मिशन नेपालका प्रदेश नं १ का प्रमुुख विपिन दासले जानकारी दिनु भयो।

विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले कुुष्ठरोग नियन्त्रणका लागि जनचेतना जागृत गराउनु पर्नेमा जोड दिदै संस्थाले सही तथ्याङक उपलव्ध गराउन आग्रह गर्नु भयो।उहाँले गरीव कोरोना सङ्क्रमितहरुलाई सहयोगमा आवद्ध गर्न आग्रह गर्दै महानगर यस प्रकारको सामाजिक कार्यका लागि सहकार्य गर्ने बताउनु भयो।

महानगरपलिकाका प्रमुुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले कुुष्ठरोगीलाई समाजमा अरु नागरिक सरह व्यवहार गर्नुपर्नेमा जोड दिनु भयो।

विराटनगर महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुुख सरोज गौतम ,द ल्याप्रोसी मिशन नेपालका निर्देशक शोभाकर कँडेल तथा आइडिया नेपालका प्रमुुख अमर तिम्सीनाले आगामी दिनमा सवै कुुष्ठरोगीलाई समेटने गरि कार्यक्रम ल्याउने वताउनुुभयो।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया