अफ्रिकाको केन्यामा नेपाली इन्जिनियरको मृत्यु

इनेप्लिज २०७७ मंसिर ३० गते १९:४० मा प्रकाशित

नैरोबी , केन्या ।संयुक्त रास्ट्र संघको योजना सेवा सम्पर्क कार्यालय ( UNOPS ) नैरोबी , केन्यामा प्रोजेक्ट इन्जिनियरको रुपमा कार्यरत इन्जिनियर सुनिल देव पन्तको कोरोनाको कारणले मृत्यु भएको दुखद खवर जानकारीमा आएको छ ।

कोरोनाको कारणले उहाँको मृत्यु भएको बुझिनमा आएको छ ।गैरआवासीय नेपाली सङघ केन्याका प्रतिनिधिहरुले उनको कार्यालयमा बुझ्न खोज्दा आधिकारिक रुपमा भने कारणको अझै सम्म जानकारी दिइएको छैन ।

कोरोनाबाट अफ्रिकामा मृत्यु हुने उहाँ तेश्रो नेपाली हुनुहुन्छ । लगभग ५० बर्ष उमेरका उनी संयुक्त रास्ट्र संघको जागिरमा आउनु अघि नेपाल सरकारको इन्जिनियरको रुपमा सेवारत थिए । काठमाडौं , मैतीदेबीका रैथाने पन्तको मृत्यमा नेपाल इन्जिनियर एसोसिएसनले पनि शोक ब्यक्त गरेको छ ।

अफ्रिका स्थित एनआरएनएका निबर्तमान कोषाध्यक्ष हिक्मत थापाले नैरोबीमा इन्जिनियर पन्तको मृत्यको खवरले आफुलाई स्तब्ध बनाएको र रास्ट्रले एक अनुभवी इन्जिनियर गुमाउनु परेको छ बताउनु भयो ।

प्रतिक्रिया