नेपालमा एकैदिनमा ९३६ जना कोरोनाबाट संक्रमित

इनेप्लिज २०७७ मंसिर ३० गते ११:४७ मा प्रकाशित

नेपालमा एकैदिनमा ९ सय ३६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन । उक्त तथ्यांक पछिल्लो २४ घण्टामा आएको हो । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या कूल २ लाख ५० हजार १ सय ८० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बिगत २४ घण्टामा देशभर १४ जना संक्रमितको मृत्यु भएको छ भने यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ३० जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ८ सय ८१ छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९६ जना संक्रमित निको भएर अस्पतालमुक्त भएका छन् ।

यसै संगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ जना पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १८ लाख ४३ हजार ५ सय ८१ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ९ हजार ८ सय ८१ जना एकान्तवास (आइसोलेसन) र ४ सय ५७ जना स्वयम निगरानी (क्वारेन्टिन) मा छन् ।

प्रतिक्रिया