भोला थापा क्षेत्री ।भानु – तनहुँको भानु नगरपालिका बाईसजगरमा नेविसंघले राके विरोध जुलुस निकालेको छ । नेविसंघले वर्तमान सरकारको विरूद्वमा राके जुलुस सहितको र्यालि निकालेको हो ।
नेविसंघ भानु नगरपालिकाका सभापति सुजन थपलियको नेतृत्वमा रहेको उक्त र्यालिमा नेपाल विद्यार्थी संघको नि.वर्तमान महामन्त्री आनन्द राज त्रिपाठिको समेत सहभागीता रहेको थियो ।
र्यालिमा वर्तमान सरकारले गरेको दमन, हस्तक्षेप र दादागिरी प्रतिको असन्तुष्टि जनाउदै सरकारका विरूद्व चर्का नाराहरू लगाएका थिए । र्यालिमा सम्बोधन गर्दै नेविसंघ भानु नगरपालिकाका सभापति थपलियले गत दिन विवादमा आएको बुल्दि पुल उद्घाटनमा काङ्ग्रेस नेता रामचन्द्र पौडेल माथि वर्तमान सरकारले गरेको अभद्र क्रियाकलाप प्रति घोर भर्त्सना गरेका थिए ।
उनले नेकपा तनहुँ क्षेत्र नम्बर १ का सांसद कृष्णा कुमार श्रेष्ठ (किसानले) आफ्नै पार्टीकालाई मात्र विकाश गर्ने आफ्ना क्षेत्रमा शंकर भण्डारीको हो भनी कुनै बजेट आज सम्म नल्याएको र युवाहरूलाई विभिन्न प्रलोभनमा पारि विभिन्न भ्रम छर्दै पार्टी प्रवेश गराउने र काङ्ग्रेसको बेईज्जत गराउने क्रियाकलाप गरेको भन्दै भानुका केही पत्रकारहरूले किसानले गरेको कार्यलाई झुटा प्रचारप्रसार प्रति पनि घोर आपति रहेको बताए ।
र्यालिमा थपलियले आगामी २९ गते (भोलि) सरकार विरूद्व भ्रष्टाचारको देशैभरि प्रदर्शन गर्ने भएकाले सबैलाई सहभागी भएर विरोध र्यालि सफल पार्न समेत अनुरोध गरेका थिए ।
प्रतिक्रिया