आइतबार, साउन १० २०७८
काठमाडौं १५:००
वासिङटन डिसी 05:15

‘प्रेमको गहिराई…’ शीर्षकको गीतको म्युजिक भिडियो प्रिमियर

इनेप्लिज २०७७ मंसिर २८ गते १०:५८ मा प्रकाशित

काठमाडौं– गायक रोजल शाहीको स्वरमा रेकर्ड भएको ‘प्रेमको गहिराई…’ शीर्षकको गीतको म्युजिक भिडियो शनिवार प्रिमियर गरिएको छ ।काठमाडौंमा आयोजित एक समारोहमा उक्त गीतको भिडियो प्रिमियर गरिएको हो ।उक्त गीतमा अनिल शाहीको शब्द तथा संगीत सुन्न सकिन्छ ।

प्रिमियर कार्यक्रममा उपस्थित संगीतकर्मीहरुले गायक रोजल शाहीको स्वरको प्रशंसा गर्नुका साथै गीत र भिडियोको सफलताको कामना गरेका थिए ।उक्त गीतको मिक्सिङ तथा मास्टरिङ ब्लुबेरी स्टुडियोमा गरिएको हो ।गीतको म्युजिक भिडियोमा पनि गायक रोजल शाहीले नै अभिनय गरेका छन् ।

भिडियोमा गायक शाहीलाई अञ्जु चौलागाईंले अभिनयमा साथ दिएकी छिन् ।सोहन मानन्धरको छायांकन तथा सम्पादन रहेको उक्त भिडियोलाई अनिल शाहीले निर्देशन गरेका हुन् ।हाइलाइट्स रेकर्डको यूट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया