आज एनआरएन अष्ट्रीयाले जूम मार्फत महामहिम राजदूत प्रकाश कुमार सुबेदीलाई औपचारिक बिदाई गर्यो।यस कार्यक्रमको अध्यक्ष एनआरएन अष्ट्रीयाका अध्यक्ष बिनोद चौलागाईंले गर्नु भएको थियो। एनआरएन अष्ट्रीयाले आयोजना गरेको यस कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदूत प्रकाश कुमार सुबेदी हुनुहुन्थ्यो।एनआरएन अष्ट्रीयाका युवा संयोजक दिनेश बैदवारले यस कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो।एनआरएन अष्ट्रीयाकी सक्रिय सदस्य र अष्ट्रीयाकी कलाकार प्रतिभा कार्कीले स्वागत मन्तव्य दिनु आगन्तुकहरुलाई न्यानो अभिबादन गर्नु भएको थियो।सबै संघ संस्थालाई यस संयुक्त बिदाई कार्यक्रम आयोजना गर्न अनुरोध गरेको जानकारी अध्यक्ष बिनोद चौलागाईले दिनुभयो तर यस कार्यक्रममा प्रबासी नेपाली एकता मंच, नेसास अष्ट्रीया र इनास अष्ट्रीयाले सहभागिता जनाए।राजदूत बिदाई कार्यक्रममा राजदूतज्युको श्रीमती सुसन सुवेदी, लामो समयदेखि अष्ट्रीयामा बसोबास गर्दै आएका नेपाली समुदाय, एनआरएन अष्ट्रीयाका पूर्व पदाधिकारीहरु,पूर्व अध्यक्षहरु,आइसीसी सदस्यहरु,प्रबाशी नेपाली एकता मन्चका अध्यक्ष धर्मराज खतिवडा, नेसास अष्ट्रीयाका अध्यक्ष रमेश खड्का,उपाध्यक्ष मन्जु खड्का,इनास अस्ट्रिया अध्यक्ष सन्तोषी भण्डारी,एनआरएनका वर्तमान महिला संयोजक,समाजका प्रतिष्ठित व्यक्तिहरु र पत्रकारहरुको समेत सहभागिता थियो।उपस्थित सबैले खुलेर मुक्त कण्ठले राजदूत सुबेदीको प्रशंसा गर्नुभयो।
२०१६ सालमा अष्ट्रीया आएर राजदूतावास स्थापना गरी कुटनैतिक भूमिका निर्वाह गरि आफ्नो कार्यकाल पुरा गरि स्वदेश फिर्ता जाँदै हुनुहुन्छ।कुशल प्रशासकीय क्षमता भएका राजदूत सुबेदी अष्ट्रीया, क्रोअसिया,स्लोभेनिया,ग्रिस, बोस्निया एण्ड हर्जगोभिना,अल्बानीया,नर्थ मेसेडोनीया,मोण्टेनेग्रो तथा जर्जियामा लागि समेत राजदूत हुनुहुन्छ भने संयुक्त राष्ट्रसंघ भिएनाको लागि स्थायी प्रतिनिधि समेत हुन्छ।महामहिम सुवेदीले अष्ट्रीयामा पहिलो पटक सगरमाथा दिवस मनाउना सफल हुनुभयो।उक्त सगरमाथा दिवश सम्माननीय उपराष्ट्रपति नन्द किशोर पुनको उपस्थितिमा हिमाल आरोहीहरुको अष्ट्रीयाको टिरोल राज्यमा साथमा मानिएको थियो।
कोरोना महामारीका कारण भौतिकरुपमा बिदाई गर्न नसके पनि भर्च्युल रुपमा गरिएको यस कार्यक्रममा एनआरएन अष्ट्रीयाले राजदूत सुबेदीलाई सम्मानपत्र समेत दियो। एनआरएन अष्ट्रीयाले जुम मार्फत यस बिदाई कार्यक्रम आयोजना गरि नेपाली समुदायलाइ यस अवसर प्रधान गरेकोमा सहभागी सबैले धन्यवाद समेत दिए । कार्यक्रमको समापन एनआरएनका अध्यक्ष बिनोद चौलागाईले गर्नुभयो।
बाबा राजेश्वरी थापा
भियना,अष्ट्रीया
प्रतिक्रिया