तैतीस लाख भन्दा बढीको अवैध सामान बरामद

इनेप्लिज २०७७ मंसिर २५ गते २२:२८ मा प्रकाशित

विराटनगर,२५ मङ्सिर।मोरङ प्रहरीले ठूलो परिमाणमा भन्सार छली चोरी पैठारी गरेको सामान आज बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार सो सामान करिव रु.३३ लाख ४१ हजार ९०० मूल्य बराबरको रहेको प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो।

उहाँका अनुसार बरामद गरिएको सामानमा सर्ट तीन हजार २८३ पिस, जम्फर २३ पिस र पाइन्ट ३५ पिस रहेको पाइएको छ।

सो सामान विराटनगर महानगरपालिका वडा न.७ जलजला चोक नजिक तरुणकुमार साहको गोदामबाट फेला परेको प्रवक्ता राईले बताउनुभयो।प्रहरीले सो सामान नियन्त्रणमा लिई आजै एकीकृत भन्सार जाँच चौकी विराटनगरमा बुझाएको छ।

 

प्रतिक्रिया