लैङ्गिक हिंसा विरुद्धको ११ वुँदे घोषणापत्र पारित

इनेप्लिज २०७७ मंसिर २५ गते २२:२३ मा प्रकाशित

विराटनगर,२५ मङ्सिर।लैङ्गिक हिंसा विरुद्धको ११ वुँदे घोषणापत्र पारित गर्र्दै दोश्रो इटहरी सम्मेलन आज सम्पन्न भएको छ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सुनसरीको पर्यटकीय स्थल तालतलैयामा भएको सम्मेलनले एक बर्षे कार्ययोजना पारित गरेको छ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले १६ दिनसम्म वडा वडामा गरिएको अभियानले लैगिक हिंसा विरुद्ध जागरण र चेतना फैलाएको वताउनुभयो ।उहाँले सामाजिक जागरण र दण्डहिनताको अन्त्य गर्न सके लैगिंक हिंसाका घटना कम हुने विचार व्यक्त गर्नु भयो।

उपप्रमुख लक्ष्मी गौतमले प्रतिवेदन प्रस्तुत लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा इटहरीका सवै वडाहरुमा अन्तरक्रिया कार्यक्रम सहितका ४० बटा भन्दा वढी कार्यक्रम सम्पन्न गरिएको जानकारी दिदै विषम परिस्थितिका वावजुद पनि लैङ्गिक हिंसा विरुद्धको अभियानलाई यस वर्ष गत बर्ष भन्दा अझ ब्यापक वनाएको वताउनुभयो।

सम्मेलनले पारित गरेको घोषणा पत्रमा उपमहानगरले लैङ्गिक नीति निर्माण गरि कार्यावन्यन गरिने,महिलाले नागरिकता प्राप्तिमा झेल्नु परेका समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने,सवैको पहुच युक्त सार्वजनिक निकायका भवन सवैको पहुच युक्त भौतिक संरचना निर्माणमा साझा प्रतिवद्धता ब्यक्त गरिएको छ।

यस्तै सम्मेलन वाट एक बडामा पाँच वटा किशोरी साथी समूह निर्माण गरिने,प्रत्येक वडामा रहेका सामुदायिक मेलमिलाप केन्द्रमा हेल्पडेक्स स्थापना गरिने,एक वडा एक मनोविमर्षकताको ब्यवस्था गरिने,हिंसा प्रभावित महिला तथा वालवालिकाको पूर्नस्थापना र जीविकोपार्जनमा टेवा पूरयाउन आवश्यक तालिम र सहयोगका ब्यवस्था मिलाउने लगायतका कार्ययोजना तय गरिएको छ।

यही मङ्सिर १० गते इटहरी उपमहानगर परिसरमा तथा सेतो रिवन वितरण गरेर लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम शुभारम्भ गरिएको थियो।

अभियानका क्रममा इटहरीका सवै २० वटै वडामा विभिन्न कार्यक्रम आयोजना गरिएका छन।इटहरीका सवै वडामा गठित किशोरी साथीसमूह, प्रतिरक्षा समूह र महिला संजालसँग वडा वडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो।लैङ्गिंक हिंसा विरुद्धको अभियानलाई प्रभावकारी ढंगले अघि वढाउन इटहरीका वडाहरुमा ६३ वटा किशोरी साथी समूह २० वटा प्रतिरक्षा समूह सक्रिय छन। लैङ्गिक हिंसा विरुद्धको यस किसिमको अभियान नेपालमै पहिलो पटक भएको उपप्रमुख गौतमको दावी रहेको छ।

 

प्रतिक्रिया