शब्द, संगीत र स्वरको त्रिबेणी- राज सिग्देलको “थियौ तिमी दिलमा”

इनेप्लिज २०७७ मंसिर २५ गते २:४४ मा प्रकाशित

नेपाली सुगम संगीतका लोकप्रिय गायक राज सिग्देलको स्वरमा “थियौ तिमी दिलमा” गजल हालै सार्वजनिक गरिएको छ । गजलकार डा ऋषि बस्ताकोटीको रचना र राजेश थापाको संगीत रहेको उक्त गजलमा रिदम कंडेलले संगीत संयोजन गरेका छन् । काठमाडौंको ए-प्लस स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिङ कुशल थापाले गरेका हुन भने मिक्सिङ मास्टरिङ्ग (ध्वनी सम्पादन) चाही साजन शाहले गरेका छन। द टच कृयसनले बजारमा ल्याएको उक्त गजलमा गायक राज सिग्देल कै अभिनय देख्न सकिन्छ । भिडियो प्रवेश राइको छायाङ्कन, शुवास शाह र अल्बर्ट बस्तकोटीको सम्पादनमा तयार पारिएको हो ।

हेर्ने गीतको प्रभाव बढिरहेको समयमा आफूहरूले गम्भिर प्रकृतिको सुन्ने गीत/गजल ल्याएको र आफ्ना पुराना सिर्जना जस्तै यो गजल पनि स्रोता- दर्शकले मन पराइदिनेमा आफू आशावादी भएको विश्वास व्यक्त गर्छन गायक राज सिग्देल। राज सिग्देलको स्वरमा सजिएका “ऊ जितेर गइ या हारेर गई” लगायतका गीतहरू निकै लोकप्रिय छन। दुई दशक लामो संगीतिक जीवनमा बिभिन्न सांगीतिक प्रयोग गर्दै आएका संगीतकार राजेश थापाले यो गजलमा स्रुतिमिठास आउने गरी केही भिन्न प्रयोगको प्रयास गरेको बताउछन। राजेशले संगीत गरेका हुरीमा दियो जलेको देख्छु लगाएतका लोकप्रिय गीतहरू सांगीतिक बजारमा छन्।

गजल लेखनमा करीव साढे दुइ दशकभन्दा लामो इतिहास बनाएका साहित्यकार डा ऋषि बस्तकोटीले यो गजलमा प्रेम मनोविज्ञानको भित्री तहमा पुगेर वियोगान्त कथालाई सुललित ढंगले प्रस्तुत गरेका छन् । डा ऋषि बस्ताकोटीका यस अघि “ज्वालाका रापहरू” गजल संग्रह र “गजल स्पर्श” गजल एल्बम प्रकाशित छन् भने अन्य फुटकर गीत गज़लहरू पनि नेपालका प्रतिष्ठित संगीतकार र गायक गायिकाहरूसंगको सहकार्यमा नियमित रुपमा सांगीतिक बजारमा आएका छन । पेशाले वातावरण विज्ञ डा बस्ताकोटी प्रवासमा साहित्यिक र सामाजिक अभियानमा सक्रिय छन्।

ॠषि, राज, राजेश र रिदमको सहकार्यमा आएको “थियौ तिमी दिलमा” गजलले पनि स्रोताहरुको मन जित्ने विस्वास गरिएको छ। यो संगीतिक गजलका स्रस्टाहरूले यो गजलका एक पटक हेरिदिन अनुरोध गरेका छन ।

 

प्रतिक्रिया