ब्यङ्ग्य कविता:गिद्ध कि शीद्ध?

अर्जुन राज पन्त २०७७ मंसिर २५ गते १:०५ मा प्रकाशित

हल्लिएन पात त्याे पक्कै नलाइकन हावा
लाजै लाग्दा बापत कान्ड अनेक थरी बाबा ।

नव बुद्ध,अघाेरी र शीद्ध अनेक थरी  ।
थरी -थरी महीला कान्ड अहिले जगत भरि ।

शीद्ध हाे कि गिद्ध हाे त्याे बाबा नाामधारी ?
तुलसी माला बाेक्नि हातमा भक्तिनीका सारी  ।

आश्रम हाे कि बेश्यालय कस्ताे खालकाे कार्य ?
बर्षाै देखि राशलिला कस्ताे बर्ह्मचार्य ।

काेहि भन्छ बाल बुद्ध काेहि भन्छ शीद्ध  ।
रामनामीकाे खाेल ओडेर बस्या हुन कि गिद्ध ।

गेरुधारी बश्त्र ओडि प्रचार भक्ति भाबकाे
सम्माेहनकाे जालमा पारि खेला रती रागकाे  ।

कुन बिद्ध्याकाे शीद्धि हाे त्याे क्यारि तिनले पाए?
गरिखान गार्हाे भाे कि यस्ताे जुक्ति लाए  ।

जाेगी हुन कि ढाेगी हुन् ति बाबा नामधारी ?
ठगी खान पल्किएका पृथ्वीका भारि ।

नजानेकाे केहि छैन सर्बज्ञ रे उनि
गाँजा तानि गफ लडायाे लगाइ शिब धुनि!

भैंसी दानकाे बिधि देखि निसन्तानकाे खाेजि
गरेकै छ सबै कृत्य मान्छे राेजि- राेजि  ।

शक्ति केन्द्र रिझाएर जङगल कब्जा गरि
खडा गरि आश्रम त्यहाँ गर्याे मन परि ।

जब पाेल्छ असतीलाइ पापले भित्र – भित्र
आशिष लिन्छन् त्यहिँ बाबाकाे बन्दै ठूलाे मित्र!

यस्ता सङ्ग आशिष लिँदा कस्ताे मती आउला ?
सुबुद्धिले बास गर्ला कि कुबुद्धिले छाउला !

गुरु त्यस्ता रै छन् र पाे शिस्य त्यस्ता भए ।
मध्य रातमा रक्सि बाेकि कान्ड गर्न गए ।

ब्यबहार सङ्गै नजर पनि ठ्याक्कै रै छ गिद्ध
फेर्दिउ क्यारे नाम पनि शीद्धबाट गिद्ध ।

-अर्जुन राज पन्त,बागलुङ मुलपानी
(ब्यङ्ग्य कवि पन्त पहिलाे ब्यङ्ग्य काब्य “काेइली”का लेखक समेत हुन)

प्रतिक्रिया