प्रदेशमा निर्माण हुने संरचना अपाङग मैत्री हुने–मन्त्री घिमिरे

इनेप्लिज २०७७ मंसिर २५ गते ०:३९ मा प्रकाशित

विराटनगर,२९मङ्सिर।प्रदेशमा निर्माण हुने संरचनामा अपाङगता एवं फरक क्षमता भएका सवैको पहुंच पुग्नु पर्ने आज यहाँ सरोकारबालाहरुले सुझाव दिएका छन्।

प्रदेश नं १ सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटा र राष्ट्रिय अपाङग महासंघ प्रदेश समितिले संयुक्त रुपमा आज यहाँ आयोजित अपाङगता भएका व्यक्तिहरुको पुनस्र्थापना र विद्यमान संरचना विषयमा सरोकारबाला निकायहरुसंगको अन्तरक्रिया कार्यक्रममा उनीहरुले नव निर्माण हुने प्रदेश तथा स्थानीय निकायका संरचनामा नेपाल सरकारको मार्गदर्शन अनुसार गर्नुपर्नेमा जोड दिनु भएको थियो।

सरोकारवालाहरुले सवैको पहुंचको लागि कार्यालयहरुका सभाकक्ष तथा कार्यालय प्रमुखको कोठा पहिलो तल्लामा निर्माण गर्नुपर्ने बताउनु भयो।सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश अपाङगतालाई सम्मान र जीवनशैलीमा सहज पहुंचकालागि सवैले ध्यान दिनु पर्ने बताउनु भयो।

प्रदेश सरकारले अव निर्माण गर्ने सम्पूर्ण भवनमा नेपाल सरकारको मार्गदर्शन अनुसार अपाङग मैत्री बनाउने बताउदै मन्त्रालयमा सहज पहुंचका लागि भुईतल्लामा सम्पर्क केन्द्र राखिएको जानकारी दिनु भयो।

महासंघका प्रदेश समितिका कार्यक्रम अधिकृत विमल वस्नेतले निर्माण हुने नयाँ संरचनाको प्रभावकारी अनुगमन गर्नुका साथै सवै क्षेत्रमा प्रवेशका लागि अपाङग, वृद्ध,र बालवालिकालाई प्राथमिकता दिनुपर्ने आवश्यक्ता औल्याउनु भयो।

‘काभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमन सुनिश्चितताः अपाङगता भएका व्यक्तिहरुको पहुंच र दीगो विकासको लागि हामी सवैको प्रतिवद्धता’ नाराका साथ अपाङगता भएका व्यक्तिहरुको २९ औं अन्तर्राष्टिय दिवसको अवसरमा आयोजित अन्तरक्रियामा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, विराटनगर महानगरपालिका,वुढीगंगा,कटहरी र ग्रामथान गाउँपालिका,विभिन्न अपाङग संघसंस्था लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया