रु तीन करोडको लागतको कोरोना उपचारको ‘नागरिक केयर सेन्टर’निर्माणमा ९० प्रतिशत कार्य पुरा–नेकाँ केस कोइरालाद्वारा अनुगमन

मनोज दाहाल २०७७ मंसिर २१ गते १७:१५ मा प्रकाशित

 


मनोज दाहाल,

विराटनगर,२१ मङ्सिर।कोरोना सङ्क्रमितको उपचारका लागि सुविधासम्पन्न ‘नागरिक केयर सेन्टर’निर्माण कार्य ९० प्रतिशत पुरा भएको छ।

प्रदेश नं १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको नागरिक समाजको संयुक्त पहलमा कोशी कोभिड–१९ उपचार केन्द्र विराटनगरको परिसरमा निर्माण शुरु गरिएको ‘सेन्टर’मा सङ्क्रमितहरुलाई उपचार गर्न १०८ बेडको एचडिओ र अक्सिजन सहितको सेन्टर (अस्पताल) आगामी १० दिन भित्र सञ्चालनमा आउने भएको छ।

प्रदेश सरकार,विराटनगर महानगरपालिका र नागरिक समाजको रु तीन करोड लगानीमा सञ्चालनमा आउने उक्त सेन्टरमा अन्य कार्य पुरा भई स्वास्थ्य उपकरणको कार्य मात्र बाँकी रहेको छ।सुविधा सम्पन्न एचडिओ,अक्सिजन र एयरकण्डिशन सहितको १०८ वेडको सेन्टर निर्माण कार्य केही दिनभित्र सम्पन्न भई प्रदेश सरकारलाई हस्तान्तण गरिने नागरिक समाजकाका संयोजक एवं मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवन सारडाले जानकारी दिनु भयो।

प्रदेशका लक्षण सहितका कोरोना सङ्क्रमितहरुलाई उपचारका लागि सेन्टरमा राखिने राखिने छ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र नागरिक समाजका प्रतिनिधिहरुले आज सेन्टरको अनुगमन गर्नु भयो।

केन्द्रीय सदस्य कोइरालाले सञ्चारकर्मीहरुसंग कुरा गर्दै पाखुरामा कोरोना विरुद्धको खोप दुई पटक नलगाएसम्म कोराना महामारी अन्त्य नहुने बताउदै अस्पतालमा उपचार पूर्व सेन्टरमा सङक्रमितहरुको उपचार कार्यमा सहज पुग्ने बताउनु भयो।

उहाँले निजी क्षेत्रले बनाएको सेन्टर सञ्चालनमा सरकारले आवश्यक स्वास्थ्य जनशक्ति उपलव्ध गराई सञ्चालन गर्नुपर्ने जिम्मेबारी रहेको धारणा राख्दै सरकारले कोरोना खोप चाँडो भन्दा चाँडो ल्याइ अङ्पङ्तिमा खट्ने स्वास्थ्यकर्मी लगायत अन्य लगाउनु आग्रह गर्नु भयो।

केन्द्रीय सदस्य कोइरालाले सेन्टरलाई कोरोना महामारी अन्त्यसंगै स्वास्थ्य सम्वन्धी उपचार कार्यका लागि प्रयोग लागि जोड दिदै सेन्टरलाई चाहिने आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।

विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले नागरिकको अक्सिजनको अभावका कारण अकाल मृत्युलाई न्यूनियनकरण सहयोग पु¥याउन नागरिक समाजको पहलमा निर्माण भएको सेन्टरबाट गरीव विपन्न वर्गको उपचारमा सहज पहुंच पुग्ने बताउनु भयो।

उहाँले नेता कोइरालाको परिचालनबाट निजी क्षेत्र लगायतका प्रदेश सरकारले जनतालाई सहज उपचार पु¥याउन सेन्टरमा स्थापना गर्न सकिएको धारणा राख्नु भयो।

नागरिक समाजका अर्थ संयोजक एवं मोरङ व्यापार संघका पूर्व अध्यक्ष महेश जाजुले जनताको उपचारका लागि स्थापित सेन्टर निर्माणका लागि लागि स्वफूर्त रुपमा सवैबाट सहयोग प्राप्त भएको र अर्थ सङकलनमा कुनै समस्या नहुनुका साथै थप सहयोग आउने क्रम जारी रहेको जानकारी दिनु भयो।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया