सहकारीले आर्थिक विकास र रोजगारीमा योगदान पुगाएको छ:जिसस प्रमूख थापा

वीरेन्द्र रावल २०७७ मंसिर २० गते १४:३३ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,मंसिर २० ÷ समाजमा रोजगारीका अवसरहरु जुटाउने र मानिसहरुलाई बचत गर्ने पद्धतिको विकास सहकारी संस्थाबाट भैरहेको कुरा जिल्ला समन्व्य समिति कैलालीका प्रमूख सूर्य बहादुर थापाले बताउनु भएको छ।

सहकारी क्षेत्र आर्थिक कारोबारको माध्यमले सामाजिक उत्थान गरि ब्यक्तिलाई सुखी र राष्ट्रलाई समृद्ध बनाउने क्षेत्र भएकाले बित्तिय क्षेत्र सेवामुखी बन्नु पर्ने कुरा जिल्ला समन्वय समिती कैलालीका संयोजक सुर्य बहादुर थापाले बताउनु भएको छ।

कैलालीको लम्कीचुहा नगरपालीका –१ लम्कीमा रहेको श्री नवदय बचत तथा ऋृण सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभालाइ सम्बोधन गर्दै थापाले सो कुरा बताउनु भएको हो।

कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालीका वडा न. १ का वडा अध्यक्ष जनक बहादुर बमले २१औं शताब्दि ब्यक्तिले होइन नीति बिधि र प्रविधिले शासन गर्ने युग भएकाले प्रविधि तर्फ सहकारी गएकाले सहकारी संस्थालाइ धन्यबाद दिनुभयो ।

शहकारीको सिद्धान्त आदर्श र भावना अनुसार आर्थिक आवश्यकतालाई मनन गर्दै बैंककै प्रतिस्प्रधामा चुस्त दुरुस्त प्रविधिमैत्री बनाएर आफना कार्य हरु संचालन गर्न जरुरी भएको राष्ट्रिय सहकारी बैंककी केन्द्रिय सदस्य शिबा थापाले बताउनु भयो।

२०५६ शालमा कैलालीको चौरीबाट झोलामा अफिस बनाएर कारोबार गर्दै आएको सहकारी भारतमा काम गर्न गएका हरुले सामुहिक सोसाईटी स्थापना गरी बचत संकलन गर्दै २०५८ शालमा नेपालमा दर्ता गरि तत्कालीन बलिया गाउँबिकास समितीको चौरी बाट सामान्य कार्य संचालन गर्दै आएको संसथाको २०७१साल अशोज २३ गते को बैंठकद्धारा ठाउसारी गरी लम्कचिुहा नगरपालीका तत्कालीन वडा न २ हाल वडा न। १ लम्कीमा कार्य संचालन गर्ने निर्णय भएको थियो।

फलस्वरूप २०७२ फाल्गुन २९ गतेबाट कार्य संचालन भई ६९ जना शेयर सदस्य बाट रु १ लाख ७७ हजार शेयर रकम लगानी गरेका संस्थाले शेयर सदस्य हरुले देख्न सक्ने गरी दैनिक काम काज भएता पनी कम्युटर सप्टरवयर प्रणाली बाट २०७४ शाल असार ३ गतेको बैठक बाट कम्युटर प्रविधिबाट दैनिक कार्य गर्दै आइरहेको संस्थाका वर्तमान अध्यक्ष डिल्ली प्रसाद गडतोलाले बताउनु भयो।

संस्थाले आर्थिक वर्ष २०७६ र २०७७ अषाड मसान्त सम्म जम्मा ४ सय ७० जना शेयर सदस्य बनाइ सकेको छ जसमा १७२ जना महिला र २९८ जना पुरुष रहेकाछन बचत तर्फ संस्थाले १३२५ जना बचत कर्तामध्य ५०६ जना महिला र ८१९ जना पुरुष रहेकाछन् जसबाट रु ८६ लाख ५३ हजार ६ सय ४ रुपैया बचत परिचालन गरेको छ भने संस्थाको शेयर पुंजी ३९ लाख ५६ हजार २ सय रहेको छ । संस्थाले १ करोड ३१ लख ५७ हजार ४ सय ७२ रुपैया कर्जा प्रजाह गरेको संस्थाले ३ लाख ८५ हजार यस वर्ष खुद नाफ कमाएको छ ।शनिवार बाट सुरुभएको साधारण सभा मंसिर २३ गते सम्पन्नहुने सहकारीका सञ्चालकले जानकारी दिएका छन्।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया