नेपालमा एकैदिनमा १२७२ जना कोरोनाबाट संक्रमित,१६ जनाको मृत्यु

इनेप्लिज २०७७ मंसिर १९ गते ११:४४ मा प्रकाशित

नेपालमा एकैदिनमा १ हजार २ सय ७२ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन । २४ घण्टामा देशभर उक्त संख्या पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ जनाले ज्यान गुमाएको जनाएका छन ।

बिगत २४ घण्टामा काडमाडौं उपत्यकामा ६ सय ६ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमित हुनेहरुमा ४ सय ८४ महिला र ७ सय ८८ जना पुरुष रहेका छन् । साथै १ हजार ५ सय ७५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

यस्तै देशभर कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ र मृतकको कुल संख्या १ हजार ५ सय ६७ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ४ सय ४७ रहेको छ । मन्त्रालयका अनुसार संक्रमित निको हुने दर ९२.९ प्रतिशत रहेको छ । हालसम्म १७ लाख ७१ हजार ९ सय ५० जनाको पीसीआर भएको छ भने पछिल्लो २४ घण्टामा ८ हजार ३१ जनाको परीक्षण भएको छ ।

प्रतिक्रिया