औषधिको सही आपूर्तिका लागि विद्युतीय सूचना प्रणाली

मनोज दाहाल २०७७ मंसिर १९ गते १०:५९ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर,१९ मङ्सिर।नागरिकलाई औषधि तथा औषधिजन्य पदार्थको सहज आपूर्तिको व्यवस्थापनका लागि अनलाईन तालीम आजदेखि यहाँ शुरु भएको छ।

स्वास्थ्य सेवा विभाग स्वास्थ्य निर्देशनालय धनकुटा र युएस एड जिएचएससि पिएसएम प्रोजेक्टद्वारा संयुक्त रुपमा आयोजित तीन दिने विद्युतीय आपूर्ति व्यवस्थापन सूचना प्रणाली तालीममा मोरङ,झापा,सुनसरी जिल्लामा एकसाथ तालीम आजदेखि सञ्चालन भएको छ।

तालीम मार्फत तथ्याङकमा आधारित सूचनाहरुले आपूति व्यवस्थापन सम्वन्धी महत्वपूर्ण निर्णयहरु योजना तर्जुमा,प्रक्षेपण, परिमाण निर्धारण,खरीद योजना, पाइपलाईन अनुगमन,भण्डारण तथा वितरण क्षेत्रमा सहयोग पुग्ने छ।

यसैगरी प्रत्येक तहमा भएको मौज्दात परिमाण, वितरण गरिएको सङ्ख्या, म्याद गुज्रने मिति,व्याच नम्वर,म्याद गुज्रिइ खेर गएको सङ्ख्या,अधिक मौज्दात, न्यून मौज्दात, शून्य मौज्दात जस्ता महत्वपूर्ण सूचनाहरु आपूर्ति व्यवस्थापन सूचना प्रणालीमा समवेश गरी केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहबाट तत्कालै आपूर्ति व्यवस्थापन निर्णयहरु कार्यान्वयन हुन सक्ने छ।

आपूर्ति व्यवस्थापनका लागि ठीक सामान,ठीक परिमाण,ठीक स्थान, ठीक समय, ठीक मूल्य र ठीक अवस्था हुनुपर्दछ भन्दै तथ्यालाई आत्मसात गर्दै सम्वन्धित महाशाखाहरुलाई औषधि, खोप तथा औषधिजन्य सामाग्रीहरुको वास्तविक मौज्दात स्थितिको जानकारी तत्कालै प्राप्त गरी आवश्यकता अनुसार अनुगमन तथा योजना तर्जुमा गर्न सघाउ पुग्ने छ।

स्वास्थ्य विभागका एकिकृत स्वास्थ्य सूचना विभागका निर्देशक वद्रीनाथ ज्ञवालीले संङ्घीयता स्थापनासंगै मन्त्रीपरषदको निर्णय अनुसार सवै सूचना प्रणाली एकद्वार हुनुपर्ने नीति अनुसार गत भदौमा भएको निर्णय सवै स्वास्थ्य क्षेत्रमा अनलाईन सेवा शुरु गरेको जानकारी दिनु भयो।

उहाँले सुदुरपश्चिम प्रदेशका ८८ पालिका, गण्डकी प्रदेशका ८५, वागमतीका १३६,प्रदेश नं ५ को १००,प्रदेश नं २ को एक सय,र कर्णाली प्रदेशको मुगु,जुम्ला,डोल्पा, हुम्ला,कालिकोटा र रुकुममा यस सम्वन्धी तालीम सम्पन्न भैसकेको बताउनु भयो।

निर्देशक ज्ञवाली तालीमबाट सहि तथ्यालक उपलव्ध भई मांग अनुसार औषधिजन्य सामग्री आपूर्तिमा सहज र समयमा पुग्ने छ भन्नु भयो।

तालीमको उद्घाटन गर्दै प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले नागरिकको स्वास्यलाई प्रमुख प्राथमिकता दिएर हामीसवै कार्य गर्नुपर्ने बताउनु भयो।

उहाँले संविधानको मूल मर्मको पालना गरी गरी यो प्रणालीलाई आत्मसात गरी जिम्मेवारीका साथ कार्यान्वयन गर्न आग्रह गर्नु भयो।

उहाँले पूर्व मानसिकता त्यागी अन्तरमन्त्रालय र अन्तर विभाग प्रणालीको विकास ऐनले गरेको हुनाले सोही अनुसार कार्य गर्न जोड दिनु भयो।

युएस एड जिएचएससि पिएसएम प्रोजेक्टका नेपाल प्रमुख म्याक्स कवालिसाले यो प्रणालीबाट औषधि र औषधिजन्य सामाग्रीको सहि तथ्याङक थाहा हुनुका साथै खरीद प्रक्रिया एवं सुशासन कायम गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नु भयो

स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानवहादुर वस्नेले,एकिकृत स्वास्थ्य सूचना विभागका प्रदेश प्रमुख मुकुन्द दाहाल,प्रदेश आपूर्ति व्यवस्थान केन्द्रका प्रमुख शम्भु झाले स्वास्थ्य सेवालाई गुणस्तरीय एवं समुन्नत बनाउन सूचना प्रणाली सेवाबाट सहयोग पुग्ने धारणा व्यक्त गर्नु भयो।

तालीममा मोरङ जिल्लाका १७ स्थानीय निकायका स्वास्थ्य र सूचना प्रविधिसंग सम्वन्धित,सामाजिक विकास मन्त्रालय,स्वास्थ्य मन्त्रालयकाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको छ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया