प्रदेश प्रमुख अधिकारी कोरोना उपचारका लागि हेलिकप्टरबाट काठमाडौ

इनेप्लिज २०७७ मंसिर १९ गते १०:५२ मा प्रकाशित

विराटनगर,१९ मङ्सिर।प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई अक्सिजनको कमीको कारण आज अपान्ह थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौ लगिएको छ।

प्रदेश प्रमुख अधिकारी यही मङ्सिर १२ गते कोरोना सङ्क्रमित भएर विराटनगरस्थित निवासको होम आइसोलेसनमा रहनु भएको उहाँका प्रेस सल्लाहकार खेमराज अधिकारीले बताउनु भयो।

प्रदेश प्रमुख अधिकारीलाई थप उपचारका त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौ लगिएको छ।

प्रदेश प्रमुख अधिकारीसँगै उहाँकी श्रीमती पनि जानु भएको छ।प्रदेश प्रमुख अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे निवासमा जानु भएको भएको प्रेस सल्लाहकार अधिकारीले बताउनु भयो।

 

प्रतिक्रिया