हरितारा चलचित्र पुरस्कार प्रेस बक्तव्य

इनेप्लिज २०७७ मंसिर १९ गते १०:४१ मा प्रकाशित

हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा मंसिर १७ गते बसेको बैठकले २०७५ सालको हरितार चलचित्र पुरस्कार विशिष्ट चलचित्रकर्मीं अभिनेता कृष्ण मल्ल र विशिष्ट चलचित्रकर्मी नाट्यकर्मी अभिनेता मदनदाश श्रेष्ठलाई अर्पण गर्ने निर्णय गरेको छ।सोही बैठकले २०७६ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट गीतकार सहदेव ढुंगानालाई अर्पण गर्ने पनि नर्णय गरेको छ।

वि.सं. २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी) ले आफु र आफ्ना पति हरि सम्सेरको नाममा अक्षय कोष राखी स्थापना गर्नु भएको हरितार चलचित्र पुरस्कार चलचित्र क्षेत्र कै पहिलो पुरस्कार हो ।

वि.सं. २०७५ सालको पुरस्कार ४ दशक भन्दा बढी समय देखि नेपाली चलचित्र क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हक हितका साथै नेपाली कला संस्कृती, रंगमञ्च, रेडियो नाटक एवं नेपालको गौरव देश विदेशमा पु¥याउन महत्वपुर्ण योगदान गर्नु भएकाले अभिनेता कृष्ण मल्ल र अभिनेता मदनदाश श्रेष्ठलाई अर्पण गर्न लागिएको हो । यसैगरी ०७६ सालको हरितारा चलचित्र पुरस्कार ४ दशक भन्दा बढी समयदेखि गीत रचनाको माध्यमबाट नेपाली कला संस्कृती एवं गीत संगीत र चलचित्र क्षेत्रको उत्थानका लागि देश विदेशमा पु¥याउनु भएको योगदानका लागि गीतकार सहदेव ढुंगानालाई अर्पण गर्न लागिएको हो । पुरस्कारको थैली जनही पचिस पतिस हजार रहेको छ ।

यसैगरी मंसिर १८ गते बसेको परिवर्तन नेपालको बैठकले वि.सं २०७६ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार संचारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई अर्पण गर्ने निर्णय गरेको छ।श्री दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कारको थैली जनही दश÷दश हजार रहेको छ।परिवर्तन नेपालको सोही बैठकले परिवर्तन सम्मान २०७६ बाट नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका सचिव मोहन पन्त, निर्देशक÷अभिनेता विश्वदीप घिमिरे र निर्देशक÷अभिनेता, संचारकर्मी माधवराज खरेललाई सम्मानित गर्ने पनि निर्णय गरेको छ।

पुरस्कार तथा सम्मानको सिफारिस मोहन निरौला, डिजाइनर सुन्दर श्रेष्ठ र संचारकर्मी÷गीतकार शान्तिप्रिय रहनु भएको समितिले गरेको हो ।
यस अघि हरितारा चलचित्र पुरस्कार मह जोडी, शिव श्रेष्ठ, विश्व बस्नेत, रविन्द्र खड्का, रमेश बुढाथोकी, भुवन थापा, करिष्मा मानन्धर, शर्मिला मल्ल, रेखा थापा आदिलाई अर्पण गरिसकिएको ।

डब्लु एच ओ र नेपाल सरकारको स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर पुषको दोस्रो सातामा दुबै पुरस्कार तथा सम्मान अर्पण गरिने कार्यक्रम रहेको छ ।

मोहन निरौला
केन्द्रिय अध्यक्ष
परिवर्तन नेपाल
तथा
सदस्य सचिव
हरितारा चलचित्र पुरस्कार

प्रतिक्रिया