राजावादी समुह वीर गोर्खालीद्वारा भोली चितवनमा बृहत मोटरसाइकल र्यालीको सम्पूर्ण तयारी पुरा

इनेप्लिज २०७७ मंसिर १९ गते १०:३६ मा प्रकाशित


अविस अधिकारी, काठमाण्डौ । राजसंस्था सहित हिन्दु अधिराज्य पुनर्स्थापनाका लागि देश व्यापी रूपमा शृङ्खला बद्ध सडक संघर्षका कार्यक्रम थालिएका छ्न।वर्तमान राजनीतिक व्यवस्था बाट आजित बनेका आम नागरिक देशमा पुनः राज संस्था पुनर्स्थापनाका लागि सडकमा ओर्लिन थालेका छन ।

विगत देखी राजसंस्था र राष्टियताका लागि आवाज उठाउदै आएका र स्वतन्त्र नागरिक एवं छिरलिएर सहेका सम्पुर्ण संघ संस्थाहरु लाई एकै ठाउमा संगठित गर्ने काम बिर गोर्खाली अभियानले गरेको छ।

देशको सार्बभौमसत्ता र राष्ट्रिय अखण्डताका लागि राष्ट्रिय एकता सहित राजसस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको विकल्प नभएको भन्दै देशका विभिन्न स्थानमा स्वस्फूर्त रूपमा नागरिकको सडक संघर्ष बाक्लिएको छ ।

काठमाण्डौ बुटवल , कोहलपुर ,कपिलवस्तु ,बर्दिया, सुर्खेत, दान, बिरगंज र विराटनगरमा ठूलो प्रदर्शन भयो भने कैलालीको धनगढीमा समेत बिर गोर्खाली अभियानले बृहत शत्ति प्रर्दशनी गरिसकेको छन ।

भोली चितवनमा पनि राजसंस्था पुनर्स्थापनाका लागि बृहत मोटरसाइकल र्याली निकालिने भएको छ।राजावादी समुह वीर गोर्खालीको आयोजनामा पारस बसपार्क भरतपुर ,चितवनमा बिहान् ११ बजेदेखि बृहत मोटरसाइकल र्याली सहित शक्ति प्रदर्शनका लागि सम्पुर्ण तयारी पुरा गरिएको वीर गोर्खालीका अभियान्ता सौरभ भण्डारीले जानकारी दिए।उनले उक्त कार्यक्रममा उपस्थिति हुन सम्पुर्ण देशभक्त नागरिकलाई आग्रह समेत गरेका छन।

प्रतिक्रिया