रोमानियाका लागि नेपाली अवैतनिक बाणिज्यदूत नवराज पोखरेललाई पितृ शोक

इनेप्लिज २०७७ मंसिर १७ गते २३:४७ मा प्रकाशित

रोमानियाका लागि नेपाली अवैतनिक बाणिज्यदूत नवराज पोखरेललाई पितृ शोक परेको छ । हामी प्रबासी नेपालीलाई राजनैतिक खिचातानी बिना हाम्रो भाषा र संस्कृतिलाई जगेर्ना गर्ने अभियानको सामाजिक संजाल चौतारी र दौतरीका संस्थापक तथा रोमानियाका लागि नेपाली अवैतनिक बाणिज्यदूत नवराज पोखरेलका बुबा नारायण प्रसाद पोखरेलको ९४ बर्षको उमेरमा आज निधन भएको खबरले अत्यन्तै मर्माहत भएका छौँ I

यस दुखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक संतप्त परिवारमा हार्दिक समवेदना ब्यक्त गर्दछौं ।

ईनेप्लिज परिवार

प्रतिक्रिया