नेपालमा एकैदिनमा १४७५ जना कोरोनाबाट संक्रमित

इनेप्लिज २०७७ मंसिर १५ गते ११:५१ मा प्रकाशित

नेपालमा एकैदिनमा १ हजार ४ सय ७५ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन । पछिल्लो २४ घण्टामा १४७४ जना संक्रमित थपिनुको साथै १ हजार ९ सय ३१ जना निको भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ । कूल निको हुनेको संख्या २ लाख १४ हजार ५ सय २१ पुगेको छ भने हाल कोरोना निको हुने दर ९१.९ प्रतिशत रहेको छ ।

यस्तै देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा थप २९ जनाले संक्रमणकै कारण ज्यान गुमाएका हुन् ।

हाल देशभर १७ हजार ४ सय २३ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ९ सय ११ जनाको परीक्षण भएसँगै कुल परीक्षण संख्या १७ लाख ३७ हजार ७ सय ४७ पुगेको छ ।

प्रतिक्रिया