बर्तमान सरकार कुम्भकर्ण झैं सुतेका कारण भ्रष्टाचार बढ्यो:भट्ट

वीरेन्द्र रावल २०७७ मंसिर १४ गते १४:१३ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,मंसिर १४ ÷ वर्तमान सरकार कुम्भ कर्णको निद्रामा सुतेका कारण भ्रष्टाचार मौलाएको राष्ट्रिय जनमोर्र्चा नेपालका केन्द्रिय सदस्य मनोज भट्टले बताएका छन्।

स्थानीय देखि केन्द्रिय तह सम्मका नेता कार्यकर्ता र जनप्रतिनीधिहरु यति बेला कसरी सम्पति आर्जन गर्ने र रातारात मालामाल हुने भन्ने ध्याउन्नमा मात्र लागेका कारण पनि देशमा भ्रष्टाचार र व्यथिती बढेर गएको आरोप भट्टको छ।

जवसम्म देशमा शुसासन र आर्थिक पारदर्शिता कायम हुन सक्दैन तव सम्म सृद्धि र विकास ओझेलमा पर्ने पनि नेता भट्टले ठोकुवा गरेका छन्।

राष्ट्रिय जनमोर्चा नेपाल कैलाली जिल्ला कमिटीले संघियता खारेजीको माग गर्दै आयोजना गरेकोे बिरोध सभालाई सम्बोधन गर्दै भट्टले सो कुरा बताएका छन् । संघियताको नाममा ब्रम्हलुट गरि देशलाइ हरिकंगाल बनाउन खोजी रहेकाले संघियता खारिज गर्नको लागी आम नेपाली जनता सडकमा आउनुपर्नेमा उनले जोड दिए।

संघीयतामा जनता बलिया नभई जनप्रतिनीधि बिलया हुँदै जाने जनताको जीवनस्तर दिनानु दिन खस्कीदै जाने भएकाले पनि नेपालमा संघीयताको व्यापक दोहोन र दुरुपयोग भएकोपनि नेता भट्टको दावी रहेको छ।

भ्रष्टाचारीको संरक्षण गरेर भ्रष्टाचारीको मनोबल बढाउनेकाम वर्तमान सरकारले गरिरहेको नेकपा मसालका कैलालीका प्रवक्ता मिलन शाहीले आरोप लगाएका छन्।यदि यसैगरी भष्टाचार बढीरहनेहो भने देश छिट्टै सिक्कीमीकरण हुने खतरा रहेकाले आफुहरुले जनमोर्चालाई साथ दिएको उनको तर्क थियो राष्ट्रियताको खोक्रो नारा लगाएर वर्तमान सरकारले सरकारमा बसीरहन उपयुक्त नभएको प्रवत्ता शाहीको भनाइ थियो।

कैलालीको लम्कीमा आयोजना गरिएको बिरोध सभालाइ राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य नन्दराज भट्ट,किसान संघका केन्द्रिय सदस्य हरिकृष्ण पाण्डेय ,अखिल नेपाल युवा संघका केन्द्रिय महासचिव कृष्णराज पाण्डेय र राष्ट्रिय जनमोर्चाका कैलाली जिल्ला सदस्य मेयर जंग शाही लगाएतकाले संघियता खारिजीको माग गर्दै मन्तब्य व्यक्त गरेका थिए।

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दयाराम संज्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाइ राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य रामकृष्ण रेग्मीले संचालन गरेका थिए।

विरोध सभामा जनमोर्चा नेपालमा स्थानीय नेता कार्यकर्ता र जनताको सहभागिता रहेको थियो।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया