गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक: अपडेट — ३३

इनेप्लिज २०७७ मंसिर १४ गते ११:५६ मा प्रकाशित

लण्डन । कोभिड–१९का कारण यो साता थप ६ जना गैरआवासीय नेपालीको निधन भएको छ । यो संगै कोरोना भाइरसको संक्रमण बाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या २ सय ९९ जना पुगेको छ । हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको निधन भएको हो।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा ४ जना, पोर्चुगलमा १ जना र युकेमा १ जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाका अनुसार यो साता जापान, युके, स्पेन, साइप्रस, रोमानिया, कतार, यूएई र साउदी अरबमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ।

शनिबार सााझ सम्म विभिन्न ४५ मुलुकमा ४७ हजार ५ सय ८३ जना गैरआवासीय नेपाली संक्रमित भएकोमा हालसम्म ४३ हजार ५ सय ७४ जना कोरोना संक्रमण बाट मुक्त भएका हुन् । यो कुल संक्रमितमध्येको ९१ प्रतिशत रहेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ । तीमध्ये २ लाख ३० हजार ७ सय २३ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९२ दशमलव ५ प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ४ सय ५४ जनाको ज्यान गएको छ ।

चिरन शर्मा
प्रेस संयोजक, कोभिड १९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संघ
२९, नोभेम्वर, आइतवार, २०२०

NRNA LOGO

Group Mail Code of Conduct

1. Avoid Greetings on festivals and condolence on group mail, if you must send, send it to individuals.
2. Avoid repetition of same opinions
3. Avoid use of reply all function unless it is thought to be of a general interest.
4. Avoid sending replies to the individual through group mail.

 

NRNA

Corona Virus Precautions : stay safe

1.Wash hands thoroughly and frequently with soap for 20 seconds.
2. Carry hand sanitizer
3. Avoid touching your face
4. Maintain social distance in public gatherings
5.Cover your mouth and nose with mask while in public

प्रतिक्रिया