लम्की–टीकापुर–खक्रौला सडकको शिलान्यास

वीरेन्द्र रावल २०७७ मंसिर १३ गते १६:२५ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,मङ्सिर १३÷ खाल्डा खुल्डीले यातायात सञ्चालनमा समेत कठिनाई भैरहेको लम्की टीकापुर सडकको लामो समय देखि निर्माण कार्यले गति लिन नसकेको अवस्थामा सडकको शनिवार लम्कीमा शिलान्यास गरिएको छ।उक्त सडकको शिलान्यास कार्यक्रम उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भटट् र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले संयुक्त रुपमा गरेका हुन।वर्तमान सरकारले औद्योगिक विकास मार्फत देशलाई समृद्धिको बाटोतर्फ अगाडी बढाईरहको बताएका छन्।

उक्त कुरा मन्त्री भट्टले शनिवार लम्की–टीकापुर– खक्रौला सडकको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यक्रमको प्रमूख अतिथीको आशनबाट बोलेका थिए।

कुनै पनि विकास निर्माणको सवालमा सरकार एक्लैले मात्र सम्भव नभएकाले जनताको पूर्ण सहभागिता जरुरी भएको बताएका छन् । यस्तै विकास निर्माणका सवालमा जनसहभागिता अनिवार्य रहेकोले जनसहभागिता विनाको विकास सफल नहुने भएकाले स्थानीय,प्रदेश देखि लिएर संघीय सरकारले जनताको सहभागिता जुटाएर अगाडी बढ्न जरुरी रहेको बताएका छन् ।

वर्तमान सरकारले सुखी नेपाली र समृद्ध नेपालको परिकल्पनाको नारालाई साकार पार्न तिब्र रुपले आफ्ना विकास निर्माणका कार्यहरु अगाडी बढाई रहेको कुरा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले बताएका छन् ।

लम्की–टीकापुर–खक्रौला सडक शिलान्यास कार्यक्रमको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री नेम्वाङले सो कुरा बताएका हुन।

शिलान्यास कार्यक्रम पश्चात आयोजित सभालाई सम्बोधन गर्नेक्रममा मन्त्री नेम्वाङले विगतमा देशमा अस्थिरता र अशान्ति भएका बेलामा विकास निर्माणहरु हुन नसकेको अवस्थामा वर्तमान सरकारको नेतृत्व गरिरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा साकार पुरा भएर जाने बताएका छन्। वर्तमान सरकार स्थायी सरकार भएकोले यसै सरकारको पालामा विकास निर्माणका कार्यलाई तिब्र रुपमा अगाडी बढाईने सो अवसरमा बताएका छन्। उनले भने– लामो समयदेखि बन्न नसकेको लम्की–टीकापुर– खत्रौला सडकलाई प्रधानमन्त्री केपीशर्मा ओलीको सकारकारको पालामा निर्माण सम्पन्न हुने समेत बताएका छन् । वर्तमान सरकारलाई जनताले पाँच बर्षका लागि निर्वाचित गरेर पाठाएकोले वर्तनमा सरकारका पालामा विगतमा हुन नसकेका सडक सञ्जाल देखि लिएरअन्य विकास निर्माणका कार्यलाई वर्तमान सरकारको पालामा शुरुवात भैरहेको समेत सो अवसरमा बताएका छन्।

यस्तै महाकाली कोरीडोर हुँद्यै तिंकरलाई जोड्ने सडकको शुरुवात,पूर्वपश्चिम बिद्युतीय रेलमार्ग, पूर्व पश्चिम राजमार्गलाई चार लन बनाउने देखि लिएर सेती लोकमार्ग लगायतका सडकको निर्माण कार्य यसै सरकारको पालामा शूरु हुने समेत मन्त्री नेम्वाङले बताएका छन्।सडकको निर्माण कार्यलाई निर्माण व्यवसायी,नीजि क्षेत्र देखि लिएर स्थानीय निकायले समयमै सम्पन्न गर्नका लागि ईमान्दारितापूर्वक लाग्नु पर्ने बताएका छन्।

सो अवसरमा प्रतिनीधि सभाका सदस्य झपट रावल,नारदमुनी राना,सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेसका संसदीय दलका नेता डा.रण बहादुर रावल,प्रदेश सभाका सदस्य रतन थापा लगायतका वक्ताहरुले आ–आफ्नो विचार राखेका थिए।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया