प्रदेश नं १ प्रदेश प्रमुख अधिकारीलाई कोरोना सङ्क्रमण

इनेप्लिज २०७७ मंसिर १३ गते ११:१३ मा प्रकाशित

विराटनगर,१३ मङ्सिर।प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी‘लाई कोरोना सङक्रमण देखिएको छ।

प्रदेश प्रमुख अधिकारीलाई शुक्रबार राति सङ्क्रमण देखिएको उहाँको प्रेस सल्लाहकार खेमराज अधिकारीले जानकारी दिनु भयो।

प्रदेश प्रमुख अधिकारीलाई सामान्य लक्षण देखिएपछि शुक्रबार बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा स्वाब दिनु भएको थियो।

उहाँकी धर्मपत्नी र सशस्त्र प्रहरीका एक सुरक्षाकर्मीलाई पनि सङ्क्रमण देखिएको प्रेस सल्लाहकार अधिकारीले बताउनु भयो।

प्रदेश प्रमुख अधिकारी र उहाँको धर्मपत्नीको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उहाँहरु विराटनगरस्थित निवासमा होम आइशोलेसनमा वस्नु भएको छ।

प्रतिक्रिया