जंगली हरिण

इनेप्लिज २०७७ मंसिर ११ गते १३:२८ मा प्रकाशित

विराटनगर, ११ मङ्सिर।मोरङको रंगेली नगरपालिका वडा न.३ स्थित दौलतपुरका आज बिहान करिव ११ बजे जंगली हरिण फेला परेको छ।

स्थानीय शिवकुमार मण्डलको पोखरी छेउमा चरिरहेको भाले हरिणलाई स्थानीय जनताले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेका थिए।इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएका प्रहरी टोलीले सो हरिणलाई आमतोला स्थित सब डिभिजन वन कार्यालयलाई बुझाएको प्रहरी नावयव उपरीक्षक मानबहादुर राईले बताउनुभयो ।

जंगल क्षेत्रबाट आएका सो हरिण करिव ३० किमीको यात्रा पार गरेको बताएको छ।

प्रतिक्रिया