पोखरामा केहि दिन अगाडिमात्र प्याराग्लाईडिङ दुर्घटना भएको हो।

इनेप्लिज २०७७ मंसिर ११ गते ०:४० मा प्रकाशित

प्याराग्लाईडिङ दुर्घटनामा परी पोखरा ६ बस्दै आएका पाइलट राजु गैरे नेपालीको मृत्यु भएको छ भने एक जना युवती घाइते भएकी छिन।उनलाई थप उपचारको लागि काठमाण्डौ लगिएको छ।

प्याराग्लाईडिङ दुर्घटना भएपछी पछिल्लो समय बहस सुरु हुन् थालेको छ र कोहि भन्छन फुल टिप्न खोज्दा खसेको होला।अर्को थरी भन्छन अनुभवी पाइलट भएकोले मौसम वा हावाले गर्दा होला।कसरी भएको थियो दुर्घटना भन्ने बारेमा प्रहरीले थप अनुसन्धान गर्ला र थप विवरण आउला।

आज हामीले पोखरामा १५ वर्ष अगाडिबाट प्याराग्लाईडिङ गर्दै आएका अनुभवी पाइलटसंग केहि कुराकानी गर्ने जमर्को गर्दै छौ।के फुल टिप्न खोज्दा प्याराग्लाईडिङ खसेको होला रु कसरी हुन्छ प्याराग्लाईडिङ दुर्घटना रु के भन्छन १५ वर्ष देखि प्याराग्लाईडिङ गराउदै आएका पाइलटरु

हेर्नुहोस भिडियोमा समय सान्धर्भिक कुराकानी

प्रतिक्रिया