धन्यवाद दिवसको शुभकामना

भावना बिष्ट २०७७ मंसिर १० गते २३:४५ मा प्रकाशित

लाखौ लाख धन्यवाद भगवानलाई
जसको सहयोगले जीवनका हरेक
उकाली ओरालीमा निर्धक्क हिड़िरहेकी छू,
नत्र कहाँ सम्भव ,बिना तिम्रो आशीर्वाद

मुरी मुरी धन्यवाद बुवा आमालाई
जसले मलाई घामपानी ,हुरिबतास सँग
जुध्ने शक्ति दिएर हुर्काउनु भयो नत्र
यो संसारमा कसरी बाच्ने थिए होला
बिना हजुरहरुको आशीर्वाद

धन्यवाद मेरा छोरा छोरीलाई ,
जसले हरेक पाईलामा
मलाई साथ दिए,
म कहिले अत्तालिएर रुन्थे त
कहिले म निसासिएर मर्थे
नत्र तिमिहरु बिना म बाच्ने
सोच नै कहा थियो र

लाख लाख धन्यवाद तिमिलाई
जिन्दगीले लगाएका अनगिन्ती
घाउहरुमा मलम लगाएको मा
नत्र म कसरी निको हुन्थे होला
निक़ो नहुने बल्झेका चोट पनि
खाटा लगाऊँन सहयोग गरेकोमा

धन्यवाद तिनीहरु सबैलाई पनि
जसले मेरो जीवनमा दुखै दुःख
भरि दिने कोशिश गरेका थियौ
नत्र मैले सुख र दुःख को अन्तर
कसरी थाहा पाउथे होला र ?

धेरै धन्यवाद तिमिहरूलाई पनि
जसले मेरो जीवनलाई अध्यारो
बनाउन भरपूर कोशिश गर्यो
नत्र मैले उज्यालो र अंधकारको
फरक नै कसरी पो बुझ्थे र

धेरै धन्यवाद तिनिहरूलाई पनि
जसले मलाई संधै तितो नमिठो
शब्द क़ो प्रहार गरि पीडा पूर्याई रहने
नत्र मैले मीठा प्यारा शब्द अनि माया
भन्ने नै कसरी छुट्याउथे होला त

धेरै धन्यवाद उनिहरूलाई पनि
जसले मेरो जीवनमा मदत होईन
खाली बदनाम मात्र गर्न लागि परेका
नत्र मैले नाम र बदनामको फ़रक
छुट्याउने शक्ति कहाँ हुन्थ्यो र

धेरै धन्यवाद तिमिहरुलाई पनि
जसले मलाई खाली आफ़नो
फाइदाको लागी मात्र प्रयोग गर्यो
नत्र जीवनमा मानिसहरुको प्रकृति
को बारे मा कसरी ज्ञान हुन्थ्यो र

धेरै धन्यवाद तिनिहरूलाई पनि
जसले मलाई दुःखमा सहयोग गरे
अनी कसैले दुःख मा अझै दुःख थपे
नत्र मैले कसरी बुझ्थे त सहयोगी
र धोखेवाज बीच को अन्तर

धेरै धन्यवाद तिमिहरुलाई पनि
जसलाई सहयोगको हात फैलाउदा
पाखुरा नै समाएर भाची दिनेहरूलाई
नत्र मैले भरोसा गर्न मिल्दैन कसैलाई
भनेर कसरी सिक्थे होला र

धेरै धन्यवाद उनिहरुलाई पनि
जसले मेरो पूरै जीवनमा समस्या
चुनौती मात्र थुपारी दिएको मा
नत्र मैले कसरी सिक्थे यी सबैसंग
लडेर झुधेर उमकिने शक्ति पनि

धेरै धन्यवाद तिनिहरूलाई पनि
जसले दुःखको बेला आफ्नो
समय खर्चेर सहयोग गरेकोमा
नत्र मैले त्यो पल पलको मिठास
को महत्व कसरी बुझ्ने थिए र

धेरै धन्यवाद सबैजना लाई
मेरो जीवनलाई सहज अनि
असहज बनाउने हरूलाई
नत्र मैले सजिलो र असजिलो
को परिभाषा नै कसरी बूझथे र

धेरै धन्यवाद सबै नकारात्मक
अनी सकारात्मक मानिसहरूलाई
नत्र यो शक्ति कहा बाट आउथ्यो
नत्र यो बहुमूल्य जीवनमा जीउने कला
कसरी सिक्ने थिए र ?

धन्यवाद दिवसको शुभकामना हजुरहरु सबै जनालाई

भावना बिष्ट
अमेरिका

प्रतिक्रिया