गायक प्रमोद खरेलको ”दुनियाँलाई हसाई हसाई” सार्वजनिक

इनेप्लिज २०७७ मंसिर १० गते ८:३५ मा प्रकाशित

काठमाण्डौं ।

सुगम संगीतमा निकै सफल मानिएका गायक प्रमोद खरेलको आवाजमा रहेको ”दुनियाँलाई हसाई हसाई” गीतको भिडियो सार्वजनिक भएको छ । जिवनमा आइपर्ने प्रेम र विछोडलाई गीतमा समेटिएको छ । आफनो मायामा घात गर्दाको पिडालाई गीतमा समेटिएको छ।

ज्ञान बहादुर गुरुङको शब्द तथा टेक नारायण चापागाईँको संगीत संयोजन गीतमा रहेको छ । मायालुले आफुलाई छोडि पराईको साथमा जादाँको पिडालाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ।

दिपक गिरीको छायाँकन , निशान एस के को सम्पादन तथा निर्देशन भिडियोमा छ । ”दुनियाँलाई हसाई हसाई” गीतको भिडियोमा समिर खान , गरिमा शर्मा र मोक्तर खानको अभिनय रहेको छ ।

प्रतिक्रिया