बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

वीरेन्द्र रावल २०७७ मंसिर ९ गते २३:२४ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी,मंसिर ९÷सुदूरुपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा मंगलबार भएको जीप दुर्घटना परि ५ जनाको मृत्यु भएको छ।बैतडीको झुलाघाट बाट गोठला पानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथ चन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा मंगलबार दिउँसो डेढ बजेतिर दुर्घटनामा परेको थियो।

सो दुर्घटनामा परि बैतडीको सुर्नया गाउँपालिका ४ का ७५ वर्षीया कलावती चन्द,दशरथचन्द नगरपालिका वडानम्बर–४ का ७५ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटका ७० वर्षीया पार्वतीदेवी चन्द,सोही ठाउँका ७२ वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका–२ का ५८ वर्षीय कृष्णलाल लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिएका छन् ।

दुर्घटनामा परी ४ जना घाइते भएका छन्।घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पु¥याइको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

तीव्र गतिमा रहेका जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।जीप सडकबाट करीब एक सय मिटर तल खसेको छ। दुर्घटना वित्तिकै फरार रहेका जीप चालक गोपाल कार्कीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर मृत्यु भएका सबैजना भारतबाट पेन्सन बुझेर आउँदै गरेको बुझिएको छ । गएको चैतदेखि पेन्सन बुझ्न नपाउँदा पेन्सनधारीहरुका लागि सोमबारदेखि शुक्रबारसम्मका लागि झुलाघाट नाका खोलिएको छ।

सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चालित सडकहरु बढी साँघुरा र कच्ची भएका कारण सवारी दुर्घटना दिननुदिन बढ्दै जानुका साथै मानिसहरुले अकालैमा ज्यान गुमाउनु पर्ने अवस्था सृजना भएको छ।

 

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया