इलामको सन्दकपुरमा सशस्त्रको विओपी स्थापना

इनेप्लिज २०७७ मंसिर ९ गते ४:४४ मा प्रकाशित


इलाम । इलाम जिल्लाको सन्दकपुर गाउँपालिका वडा नं १ जौबारीमा सशस्त्र प्रहरी बल नेपालको विओपी स्थापना भएको छ ।

विओपीको विधिवत रुपमा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र प्रदेश नं १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री राम बहादुर रानाले संयुक्त रुपमा उद्घाटन गर्नु भयो ।

इलाम जिल्लामा स्थापना भएको यो सशस्त्र प्रहरी बल नेपालको छैटौँ विओपी हो । नेपाल सरकारबाट स्विकृत ७ वटा विओपीहरुमध्ये पशुपतिनगर, सलकपुर, समालबुङ्ग, छब्बिसे र कालपोखरीमा यस अघिनै स्थापना भईसकेका छन् । स्थापना हुन बाँकी मानेभञ्याङ्गमा चाडै स्थापना गरिने सशस्त्र प्रहरी वल नम्वर १ गण हेडक्वाटर श्रीअन्तु इलामका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुधिरजंग थापाले बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सीमा सुरक्षा राज्यको प्रमुख प्राथमिकता भएकोले सशस्त्र प्रहरी वल नेपालको विओपीहरुको स्थापनाको कार्यलाई जोड दिएको बताउनु भयो ।

कार्यक्रममा प्रदेश नं १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम बहादुर राना, प्रदेश नं १ का प्रदेश सभा सांसद खिनु लङ्वा लिम्बु, जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, ईलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय बहादुर राई, माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीत बहादुर राई, इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी तुलसी राम सेडाई लगायतले आ(आफ्नो धारण राख्नु भएको थियो ।

हाल समायोजन भएको विद्यालयमा स्थापित सो विओपीलाई चाडै आफ्नै भवन संरचना निर्माण गरी संचालन गरिनेछ ।

प्रतिक्रिया