नेपालमा एकैदिनमा कोरोनाबाट संक्रमितको संख्या १९८०, ३०४३ संक्रमणमुक्त

इनेप्लिज २०७७ मंसिर ८ गते ११:३९ मा प्रकाशित

नेपालमा एकैदिनमा कोरोनाभाइरसबाट संक्रमितको हुनेको संख्या १ हजार ९ सय ८० पुगेको छ । यसै गरि सोमबार मात्रै ३ हजार ४३ जना संक्रमणमुक्त बनेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर सक्रिय संक्रमित १८ हजार ८ सय ८४ जना रहेका छन् । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमित कुल संक्रमितको ९.५ प्रतिशत मात्रै हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ७ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा संक्रमितको संख्या २ लाख २२ हजार २ सय २८ जना पुगेको छ भने त्यसमध्ये २ लाख २ हजार ६७ जना निको भएका छन् । नेपालमा कोरोना निको हुने दर ९०.९ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

सोमबार थप १६ जनाको मृत्यु भएको छ भने कुल मृतकको संख्या १ हजार ३ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ । सोमबार सम्म देशभर १६ लाख ७० हजार ४ सय ५६ जनाको पीसीआर जाँच भएको छ ।

संक्रमितमध्ये काठमाडौंमा ८ हजार ६ सय ६७ जना, भक्तपुुरमा ६ सय २८ र ललितपुरमा १ हजार ४ सय ९८ जना सक्रिय संक्रमित रहेका छन् । हाल काठमाडौं उपत्यका र कास्कीमा मात्रै ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने मनाङ र मुगु संक्रमणमुक्त जिल्ला बनेको छ ।

प्रतिक्रिया