पोखरेली कविताले पाइन अमेरिकामा पीएचडीको छात्रवृति

इनेप्लिज २०७७ मंसिर ७ गते १३:१७ मा प्रकाशित

कास्कीको भरतपोखरी जामुनाबोट घर भएकी छात्रा कबिता अधिकारीले अमेरिकाको प्रतिष्ठित बिश्वबिद्यालय नेभादाबाट पीएचडी छात्रवृत्ति प्राप्त गरेकी छन । उनले माइक्रोबायोलोजी अन्तर्गतको “स्कूल अफ मेडिसिनमा सेलुलर र आणविक जीव विज्ञान (सीएमबी) कार्यक्रममा पीएचडी बिषयमा अध्ययनको निम्ति पूर्णरुपको छात्रबृति प्राप्त गरेकि हुन ।

हामीसंगको कुराकानिमा उनले भनिन “हालै मात्र नेभादा स्थित रिनो विश्वविद्यालय, स्कूल अफ मेडिसिनमा सेलुलर र आणविक जीव विज्ञान (सीएमबी) कार्यक्रममा पीएचडीको उम्मेदवार हुनको लागि प्रवेश पाउदा हर्षित छु । विश्वविद्यालयलको आधिकारिक स्वीकृतिमा पुर्ण छात्रवृत्ति साहित ग्राजुएट असिस्टेन्टसिप पनि प्राप्त गर्न सफल भएकी छु। यसको साथै विश्वविद्यालयलले मलाई पहिलो बर्षमा १०,००० अमेरिकी डलरको बर्नर छात्रवृत्ति लागि पनि मनोनयन गरेको छ ।

म खुसि छु कि मेरो परिवारको पहिलो पुस्ता पीएचडी डीग्री गर्न जादै छु यसकारण पनि म गर्ब गर्दछु । अब मेरो सपना एक योग्य र दक्ष अनुसन्धानकर्ता बन्ने छ। यो सपना म सोहि विश्वविद्यालयलबाट पूरा गर्न जादै छु । मेरो भबिस्यको योजना भनेको विश्वको लागि उत्कृष्ट अनुसन्धान र विकासको योगदान दिन र एक शोध वैज्ञानिकको रूपमा मेरो ज्ञान फैलाउने रहेको छ । डिग्री हासिल गर्न चाहिने लगनसिलता, कडा परिश्रम र धर्यताको अबगत हुदाहुदै पनि चुनौतीहरुको सामना गर्दै अगाडी बढ्नेछु ।

भरतपोखरी कि गौरब कबिता

कास्कीको भरतपोखरी स्थित शान्ति उदय माबी बाट २०६३ सालमा एसएलसी उत्कृष्ट अंक ल्याई उतिर्ण भएकी अधिकारीले ,पोखराको जनप्रिय बहुमुखी क्यम्पस बाट स्नातक तथा नेपालको त्रिभुबन विश्वबिद्यालयको केन्द्रीय क्याम्पस बाट माइक्रोबायोलोजीमा स्नातकोत्तर गरेकी थिईन । केही महिना नेपालको “नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान” नास्टमा अनुसन्धान सहायक भएर समेत काम गरेकी थिईन ।

यसै शिलशिलामा अमेरिका आइपुगेकी उनले छात्रवृतिका लागि निबेदन दिएकी थिईन । उनले सम्बन्धित बिषयमा पीएचडी गर्नलाइ पहिलो वर्षमा करिब नेपाली रकम ११ लाख बराबरको छात्रवृत्ति प्राप्त गरेको बताएकी छन । यो छात्रवृति हरेक बर्ष निबेदन दिएर पाँच बर्ष सम्म निरन्तर रहनेछ, उनले भनिन ।

छोरा-छोरीले गुणस्तरीय शिक्षा हासिल गर्नुपर्छ भन्ने परिवारको मान्यता र आफ्नो सानै देखि पढाइमा बिशेष रुचि राख्नेभएकोले यो सफलता सम्भब भएको अधिकारीले बताइन ।

उनि प्राथमिक शिक्षा देखि नै पढाइमा अब्बल रहेको गाउँले तथा तत्कालिन प्रधानाध्यापक रबिन्द्र प्रसाद आचार्यले बताउनुहुन्छ । मेहनतले मानिसलाई सफलता सम्म पुर्याउने हो , उसको मेहनतको कारण नै यो सम्भब भएको हो । भरतपोखरीमा जन्मेर महिलाले बिज्ञान बिषय लिएर पीएचडी सम्म गर्न लागेको अर्को कोहि छोरी छैनन ।”

उनि भन्छिन मेहनतले सफलता प्राप्त गरें

हामीले गाउँघरकै दाउरा घाँस गरेर नै पढेका हौँ, बाबा- ममीको सपना भनेको नै हामीले पढ्न पाइएन अब छोरा छोरी लाइ पढाउने भन्ने नै थियो जसका कारण निरन्तर पढ्नु बाहेक अरु केहि सोचिएको थिएन, नेपाल छदाँ पनि बाबाको सबै लाइ पढाइ र काम दुबैको बारेमा उत्तिकै चासोका साथ सोध्नुहुन्थ्यो, आज पनि उस्तै हुनुहुन्छ, सधै झक्झयाउनु हुन्छ ।

एउटा सामान्य परिवारमा जन्मेर अहिलेको प्रतिश्प्रधात्मक समयमा सबै कुराको ब्यबस्था गर्नु पनि चुनौती पूर्ण काम नै हो जस्तो लाग्छ ,जेनतेन केहि आफन्तहरुको बिशेष सहयोगका कारण पनि पढ्ने सपना पुरा भएको हो । म मेरा भाई बहिनीहरुलाई के भन्न चाहान्छु भने, जिबनमा संघर्स गर्न छाड्नुहुन्न। यदि तपाई कडा मेहेनत गर्नुहुन्छ भने अबस्य सफल हुनुहुन्छ । मेरो पढाई पुरा गरेर देशको सेवा गर्ने इच्छा छ , सायद समयले साथ् दियो भने अबस्य नेपाल फर्किनेछु र देशकै लागी योगदान गर्ने छु ।

प्रतिक्रिया