दक्ष प्रजापतीको बाटो

बालाराम उपाध्याय २०७७ मंसिर ६ गते १५:५६ मा प्रकाशित

बालाराम उपाध्याय,

श्री स्वस्थानी ब्रतकथा नामको किताबमा एकजना दक्ष प्रजापती भन्ने ब्यक्ति को बारेमा लेखेको कथा सम्झना भयो र थोरै समय यसैमा खर्चिने प्रयास गरेको छु।
दक्ष प्रजापती नाम को एकजना हठि स्वभावको मानिस थिए,तिनको सति नाम गरेको स्वास्नी थिइन्।३३ कोटि(करोड )छोरी भएको दक्ष दम्पतिका छोरा भने थिएनन्।नारद मुनिको योजना अनुसार दक्ष कि ३३ कोटि छोरिहरुको बिबाह ३३ कोटि देउता हरु संग गरिएको थियो।जब नारदमुनि दक्ष को घरमा कन्यादानको योजना लिएर आए त्यसै दिन उनले भनेका थिए कि,हे नारद मेरो जेठी छोरी सत्य देवि बाहेक अरु छोरिहरु तपाईंले जो जसलाई भन्नू होला त्यसैलाई दिउँला,तर जेठी छोरी सत्यदेवी भने म दिने हैन किनकी ? मेरो छोरा छैन सम्पत्तिको रक्षाको निम्ति घरमै राख्छु ।सो कुरामा नारद ले ३३ कोटि देउताहरुलाइ राजी गर्न लगाए र ३३ कोटि कन्याको बिबाह ३३ कोटि देउताहरु शीत भयो।

सत्यदेवी आफ्नो सम्पतिको रक्षार्थ राखिएपनि दक्ष दम्पती को चाहाना बिपरित बिष्णु को छलले गर्दा उनको बिबाह महादेव शीत गराइयो।

बिष्णु को छलमा सत्यदेवी महादेब को स्वास्नी त भइ न ,दक्ष दम्पतीले महादेवलाई ज्वाइँ को रूपमा स्वीकार्न सकेनन्।

कुनै एक दिन दक्ष प्रजापति ले आफ्नी स्वास्नी सतिलाइ बोलाएर आफ्नो धेरै पहिले देखि महा यज्ञ गर्ने इच्छा भएको तर समय मिलाउन न सक्दा बाकी रहेको मा यो पटक गरि हालौ सामग्री तयार गरभने।“ बिनास काले बिपरित बुद्धि “ भने जस्तै उनले भने हे सतिस त्यो यज्ञमा३३ कोटि छोरी ३३ कोटि ज्वाइ,यक्ष,गन्दर्भ ,किन्नर,दैत्य,नाग सबैलाई बोलाए पनि महादेव लाई भने नबोलाउने योजना सुनाए।यज्ञ को आयोजना गरियो र निम्तो गरिएका जति सबै आए यज्ञ को आरम्भ गरियो।सोही समयमा नारदमुनिले को –को आए र कोको आएनन् भनेर हेर्दा महादेव र सत्यदेवी दुबैजना न देखे पछि,बोलाउन बिर्सेकी के हेतु हो बुझौं भनेर कैलाश पर्बत मा गएर सास्टाङ्ग दण्दवत प्रणाम गरि महादेव लाई सोधे हे प्रभु।दक्ष प्रजापतिले महायज्ञ को आयोजना गरेको छ त्यहाँ सबैको उपस्थिति देखियो तर देउताको पनि देउता तपाईं लाई न देखेपछी कारण बुझौं भनेर आएको हु,भन्ने नारद को कुरा सुनेर महादेव ले सुने नसुने झैँ गरे पनि सत्यदेविलाइ भने त्यत्रो यज्ञमा नबोलाएको मा अपमान ठानी चित्त दुखाइन। महादेव ले भन्नू भयो हे प्यारी तिमी मन न परेकी छोरी म मन नपरेको ज्वाइँ बोलाएनन त।त्यसको यज्ञमा गयर फल पो के पाउनु छर ? भन्दा त्यसो हो भने म नारद को साथमा गएर यज्ञ को दर्शन गरेर फर्की आउछु भनेर सत्यदेवी ले भन्दा महादेव ले भन्नेभयो हेर सत्यदेवी तिमी आफ्नो मानमा रहेकी उहाँ गए पछि अपमान होला न जाउ भन्दा बहुतै ढिपी गरि माहादेब लाई सास्टाङ्ग ढोग गरेर नारद को साथमा दक्ष को घर गइन। गन्दर्भले गाउने,अप्सराले नाच्ने ,तथा धुमधाम संग पुजा आजा भैरहेको उक्त यज्ञमा सबै खुशी र रमाइलो गर्दै कोहि हासी रहेका कोहि नाची रहेका,कोहि खाइरहेका ,कोहि गाइरहेका त्यो देखेर बा आमालाई दण्डवत प्रणाम गरि आफुहरु लाई नबोलाउना को कारण सोधिन् । क्रुद्ध भएर दक्षले माहादेब को निन्दा गर्न थाले,उनले भने ,त्यो दिगम्बर घिन लाग्दो ,सर्पको गहना लगाउने,खरानी घस्ने, भुत प्रेत,पिचास अघिपछी गगाइ हिड्ने त्यस्तो त्यो देख्दैमा असोभनिय मान्छे लाई यस्ता देवि देउता आएको ठाउँमा कसरी बोलाउनु त्यो त बौलाहा हो। यसरी आफ्नो लोग्नेको यस्तो अपमान गरेको ठानी शिव,शिव,शिव भनेर ३ पटक शिव को नाम उच्चारण गरि यज्ञ मा हवन गरिरहेको यज्ञ कुण्डमा हाम फाली प्राण त्याग गरिन । यो कुरा महादेव ले थाहा पाए पछि महाकाली र बिरभद्र लाई उत्पती गरि दक्ष को यज्ञ बिधोङ्स गर्न र दक्ष प्रजापति को नास गर्न आदेस गरि पठाए। बिरभद्र र महाकाली गइ सुकेको परालमा आगो लागे झै,मृगको बथानमा सिंह गए झै,कुखुराको खोरमा चिल पसे झै।यज्ञ मा भएकाहरु शीत जाइ लागे कोहि मरे कोहि घाइते भए, कोहि भागे सारा उत्पात मच्चाए अन्तिममा दक्ष को पनि टाउको काटी,बोकाको टाउको जोरेर आए त्यो पनि पछिल्तिर मुख फर्काएर। आध्यात्मिकहरुले महादेव लाई सबैभन्दा ठुला देउता मान्छन् ,तर दक्षले महादेव को शक्ति को नजर अन्दाज गर्नु,आफैं लाई सर्ब ज्ञानि र सर्ब श्रेष्ठ ठान्दा,उनको निम्तोमा आएकाहरुले पनि सजाए भोगे,अहंकार र घमण्डले गर्दा सर्बनास गर्न सम्म पुगे।

मैले यो प्रसङ्ग किन जोड्न खोजेको हु त भन्दा नेपाल को राजनीति पनि यहि बाटोमा जाँदै छ,एकले अर्कोको अस्तित्व स्वीकार गर्दै नगर्ने,मेरो गोरुको बाह्रै टक्का गर्ने, सर्बनास भन्दा अर्धनास ठिक भनेर हेक्का राख्दै नराख्ने,प्रवृत्ति हाबी हुदैगइरहेको छ। कहिलेकाही हारेर पनि जितिन्छ, अरु शीत झुक्दा आकासै खस्ला झै ठान्ने,यो नेपाली राजनीतिको रोग नै भैसक्यो।यसले नेपाली जनताको ठूलो त्याग र बलिदान बाट प्राप्त भएको उपलब्धि गुम्ने खतरा देखिन्छ।प्राप्त उपलब्धि को रक्षा गर्दै, थप उपलब्धि हासिल गर्न,जनताको मन जित्दै अघि बढ्नुपर्छ ।अनि मात्रै ब्यबस्था जोगिएला! कथाका पात्र दक्ष प्रजापतिले महादेव लाई चिन्न नसक्नु उसको मुर्खता त छदैछ,त्यहाँ उपस्थित अरुहरुको पनि बेइमानी थियो। त्यस कारण दक्ष को अहंकारि र घमण्डि प्रवृत्तिले दक्ष लाई मात्रै नोक्सानी गरेन यज्ञमा उपस्थित निरापराधी हरुले पनि सजाए भोग्नु पर्यो।

नेतृत्व को सानो गल्ती र कमजोरी ले गर्दा संसारमा जनताले दुःख कष्ट झेल्नु परेको देख्न र सुन्न पाइन्छ।यो कुरा कुनै एक पार्टी र ब्याक्ती को लागि भनिएको छैन । समयमै नेतृत्व को घैटो मा घाम लागोस ।बैरिले दाउ हेरिरहेका छन् ।त्यस कारण सुदृढ आन्तरिक एकता ,सुझबुझ सहितको नेतृत्वआजकोआबस्यकता हो।दक्षप्रजापतिको बाटो कोहि नहिडौ र हिड्ने कुचेस्टा नगरौ।धन्यवाद।

लेखक:कानुन व्यवसायी पनि हुन।

प्रतिक्रिया