उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व समापन

इनेप्लिज २०७७ मंसिर ६ गते ११:०३ मा प्रकाशित

विराटनगर,६ मङ्सिर।आस्थाको महापर्व छठ पर्वको आज अन्तिम दिन व्रतालुले यहाँ उदाउँदो सूर्यलाई अर्घ दिई समापन गरेका छन्।

मूल विधि चतुर्थी देखि शुरू भई षष्ठीका दिन बेलुकी अस्थाउँदो र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन भएको छ।

विराटनगरमा ब्रतालुहरुले आफ्नै घरमा जलकुण्ड,सिंघिया र केसलिया नदी, विराटनगर नगर क्षेत्रमा लगिएको नहरको दुवै छेउमा उदाउँदो सूर्यलाई अर्घ छठ पर्व समापन गरेका छन्।

सूर्यको आराधना बाट चर्मरोग निको हुनुका साथै सन्तानको सुखशान्ति,मनोकामना र धन प्राप्ति हुने जनविश्वास रहेको छ।

स्थानीय प्रशासन र विराटनगर महानगरपालिकाले कोरोना महामारीका कारण यस वर्षको छठ पर्व दुरी कायम गरी आफ्नो घरमा मनाउन अपील गरेको थियो।

प्रतिक्रिया