गायिका मेलिना राईको आवाजमा ”तिमी आयौ” भिडियो सहित ।

इनेप्लिज २०७७ मंसिर ५ गते ८:२७ मा प्रकाशित

काठमाण्डौं।

नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राईको आवाजमा रहेको ”तिमी आयौ” गीतको भिडियो सार्वजनिक भएको छ ।

सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको संगीत एवम विसन मान्धरको एरेन्ज गीतमा छ।प्रेमका प्रेमील शब्दहरुलाई निकै मार्मिक एवम भावनात्मक रुपमा सन्तोषले कुशल रुपमा समेटेका छन । जिवनमा आइपर्ने खुशी पछिको रोदनलाई गीतमा समेटन खोजिएको छ ।

दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा आधुनिक सुगम संगीतको दुनिँयामाको बर्तमान समयमा निकै सफल गीतहरुको निर्देशनमा निकै ब्यस्त निर्देशक जस बहादुर याक्खा जसुको निर्देशन भिडियोमा रहेको छ । ”तिमी आयौ ”गीतको भिडियोमा सन्तोष कटुवाल र अनुषा राईको अभिनय निकै लोभलाग्दो रहेको छ ।

”तिमी आयौ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=nptGCRkKKYA&feature=emb_logo

प्रतिक्रिया